July 28, 2025 | सोमवार, साउन १३, २०८२

वडा कमिटी अध्यक्ष सिहँ एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

  • सेती कर्णाली खबर
  • सोमवार, साउन १३, २०८२ १४:२५
वडा कमिटी  अध्यक्ष  सिहँ एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

 

सेतीकर्णाली खबर

दोरेन्द्र खड्का १२ साउन बझाङ  – नेकपा (एमाले) परित्याग गरी थलारा गाउँपालिका–९ का वडा कमिटी अध्यक्ष प्रेम बहादुर सिंहसहितको टिम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। अजा एक कार्यक्रमका बिच थलारा गाउँपालिका–९ का वडा कमिटी अध्यक्ष प्रेम बहादुर सिंहसहितको टिम नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रमका क्रममा नेकपा एकीकृत समाजवादीका सु,प प्रदेश इन्चार्ज क. भानुभक्त जोशीले
खादा र माला लगाई नयाँ प्रवेशकर्ताहरूलाई स्वागत तथा सम्मान गरेका थिए। प्रेम ब. सिंहसहित एमाले छोडेर आएका नेता कार्यकर्ताहरूलाई नेकपा (एकीकृत समाजवादी) मा सामेल गराइने यो कार्यक्रम बझाङको स्थानीय राजनीतिक वृत्तमा एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

प्रदेश इन्चार्ज क. भानुभक्त जोशीले स्वागत मन्तव्य दिँदै भने, “जनताको पक्षमा काम गर्न इच्छाशक्ति भएका सबै कमरेडहरूको हाम्रो पार्टीमा स्वागत छ। नेकपा (एस) नै जनताको वास्तविक प्रतिनिधि पार्टी हो।”

कार्यक्रममा जिल्ला, पालिका र वडा स्तरका नेताहरूको समेत उल्लेखनीय उपस्थिति थियो। यो प्रवेशसँगै थलारा–९ मा नेकपा (एकीकृत समाजवादी) थप सशक्त र संगठित बन्दै गएको संकेत गरिएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, साउन १३, २०८२ १४:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट