July 28, 2025 | सोमवार, साउन १३, २०८२

बाजुराको हिमालीमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइतेको उद्दार हुँदैछ

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन ९, २०८२ 0७:११
बाजुराको हिमालीमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइतेको उद्दार हुँदैछ

 

सेतीकर्णाली खबर   उमेश शाही   बाजुरा, साउन ८– बाजुरा- जिल्लाको हिमाली गाउँपालिका– वडा नम्बर ५ क्युडीबाट धुलाचौर तर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेको उद्दारको लागि गाउँपालिकाले हेलिकप्टर ल्याउने जिल्ला प्रसासन संग समन्वय  गरिरहेको छ।

जिप दुर्घटना सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने हिमाली गाउँपालिकाको वडा नम्बर ५ को धुलाचौर क्षेत्र नजिकै बा.प्र. ०३००० ज ०३३८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ भने अन्य १५ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लैजाने व्यवस्था भइरहेको छ।

यस घटनापछि हिमाली गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, बाजुरासँग समन्वय गरी तत्काल हेलिकप्टर व्यवस्था गर्न आग्रह गरेको छ। पत्रमार्फत निमित्त प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर शाहीले आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेका छन्।

दुर्घटनाका थप विवरण आउन बाँकी रहेका छन्। उद्धार कार्य जारी रहेको हिमाली गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन ९, २०८२ 0७:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट