July 28, 2025 | सोमवार, साउन १३, २०८२

वित्थडचिर गाउँपालिका वडा नं. ६ द्वारा बालबालिका र शोकग्रस्त परिवारलाई आर्थिक सहायता वितरण

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन ९, २०८२ 0१:३७
वित्थडचिर गाउँपालिका वडा नं. ६ द्वारा बालबालिका र शोकग्रस्त परिवारलाई आर्थिक सहायता वितरण

 

सेतीकर्णाली खबर

बझाङ, साउन ८— वित्थडचिर गाउँपालिका वडा नम्बर ६ मा आज एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वडामा रहेका १६ वर्षभन्दा मुनिका, आमाबुवा दुवैजनाको मृत्यु भइसकेका ४० जना टुहुरा बालबालिकाहरूलाई प्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ।

यस छात्रवृत्तिको माध्यमबाट विद्यार्थीहरूले झोला, विद्यालय पोशाक र शैक्षिक सामग्री (कपी, कलम आदि) किन्न सक्नेछन्। कार्यक्रमका आयोजक वडाध्यक्षले बताएअनुसार यो कार्यक्रमले गरिब, विपन्न तथा असहाय अवस्थामा रहेका बालबालिकाहरूलाई विद्यालय जान प्रोत्साहित गर्न र उनीहरूको शैक्षिक भविष्य उज्वल बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको बडा न६ का वडा अध्यक्ष हरिश खड्का ले जानकारी दिनु भयो ।

हामी चाहन्छौं कि आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट टाढा नहोस्। हरेक बालबालिका शिक्षाको पहुँचभित्र आउनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो वडा अध्यक्ष खड्का ले भन्नू भयो ।

कार्यक्रममा वडाध्यक्षसहित वडाका कर्मचारी, शिक्षक, अभिभावक, विद्यालय प्रतिनिधि, सामाजिक अभियन्ता र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शोकमा परेका परिवारलाई ‘क्रियाकारी भेटघाट कार्यक्रम’

यसै अवसरमा, वडाले ‘गृहकार्यसँग वडाध्यक्ष’ कार्यक्रम अन्तर्गत २०७९ साउनदेखि २०८० असार मसान्तसम्म वडा नम्बर ६ मा मृत्यु भएका व्यक्तिहरूका परिवारहरूलाई पनि सहयोग गरेको छ। कुल १० जना मृतकका परिवारलाई प्रति परिवार रु १०,००० का दरले ‘क्रिया खर्च’ प्रदान गरिएको हो।

वडाले सानो राहत स्वरूप यो सहयोग प्रदान गर्दै शोकमा रहेका परिवारप्रति सहानुभूति प्रकट गरेको छ। वडाध्यक्षका अनुसार, “मृत्युजस्तो पीडादायक अवस्थामा वडाले गरेको सानो सहयोगले परिवारजनलाई केही हदसम्म राहत मिलोस् भन्ने हाम्रो उद्देश्य हो।”

कार्यक्रमले सामाजिक न्याय र मानवतावादी उत्तरदायित्वप्रति वडाको संवेदनशीलता दर्शाउने जनाइएको छ। स्थानीय नागरिकहरूले यस्तो कार्यक्रमको प्रशंसा गर्दै भविष्यमासमेत निरन्तरता दिनुपर्ने माग गरेका छन्।

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन ९, २०८२ 0१:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट