बाजुरा– पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मंगलवार बिहान प्रेस सेन्टर बाजुरा शाखाकाे आयाेजनामा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाइ फलफुल बितरण गरिएकाे छ ।
नेकपा मावबादी केन्द्र निकट पत्रकारका छाता संगठन प्रेस सेन्टरले देश भर कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाउने सर्कुलर अनुसार बाजुरामा पनि बिरामीलाइ फलफुल बितरण गरी मनाएकाे हो ।
प्रेस सेन्टर बाजुरा शाखाका अध्यक्ष राजेन्द्र विककाे अध्यक्षतामा बिरामीलाइ फलफुल बितरण गरिएकाे प्रेस सेन्टर बाजुरा शाखा सचिव साेधा नेपालीले बताएकी छन ।
फलफुल बितरण कार्यक्रममा प्रेस सेन्टर बाजुरा शाखाका केन्द्रीय सचिव निमेन्द्र शाही, पत्रकार महासघ बाजुराकी उपअध्यक्ष संगिता तिमिल्सेना लगायत पत्रकारहरुकाे कार्यक्रममा सहभागी रहेका थिए ।