May 28, 2025 | बुधबार, जेष्ठ १५, २०८२

यूवा नेता भक्त भण्डारीले जन्मदिनको फजुल खर्च कटाएर बझाङ दीप क्याम्पसलाई सहयोग

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ९, २०८२ १२:३७
यूवा नेता भक्त भण्डारीले जन्मदिनको फजुल खर्च कटाएर बझाङ  दीप क्याम्पसलाई सहयोग

बझाङ  जेठ ८/
नेकपा (एकीकृत समाजवादी) बझाङका यूवा नेता भक्त भण्डारीले आफ्नो जन्मदिनको खर्च सामाजिक कार्यमा खर्च गर्दै उदाहरणीय काम गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा बझाङ दिप क्याम्पसमा झोता अध्ययनरत अनाथ, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको सहयोगार्थ २५ हजार रुपैयाँ प्रदान गरेका छन्।
भण्डारीले क्याम्पसमै पुगेर विद्यार्थीहरूलाई छात्रवृत्ति दिन सहयोग हस्तान्तरण गरेका हुन्। साथै, उनले सोही दिन नजिकैको बाल आश्रममा पुगेर बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी जन्मदिन सामाजिक सेवामार्फत् मनाएका हुन्।
“साथीसङ्गीसँग बसेर रमाइलो गर्दा खर्च त हुन्छ नै, तर त्यसको सामाजिक प्रतिफल हुँदैन। त्यसैले अबदेखि आफ्नो जन्मदिन अनाथ तथा गरिब विद्यार्थीहरूको शिक्षामा सघाउने खालका काम गरेर मनाउने निर्णय गरेको हुँ,” भण्डारीले बताएका छन्।
समाजसेवी यूवा नेताका रूपमा परिचित भण्डारीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन्। उनीद्वारा गरिएको यो कदम स्थानीय युवाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ९, २०८२ १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट