सेतीकर्णाली खबर
उमेश जङ्ग शाही ५ माघ बाजुरा – मानव संशोधन केन्द्र (HRC) बाजुराको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शुक्रबार मार्तडी स्थित स्वामिकार्तिक प्लाजाको सभाहलमा मानव संशाधन केन्द्र बाजुराले १७ औँ साधारण सभाको आयोजना गरेको थियो। १७ औँ साधारण सभाको सभाअध्यक्ष मानव संशाधन केन्द्र बाजुराका अध्यक्ष निर बहादुर शाहीले गरेका हुन भने प्रमुख अतिथि संस्थाका सल्लाहकार गगन रावल , अतिथि पत्रकार महाँसंघ बाजुरा कोषाध्यक्ष उमेश जङ्ग शाही लगाएत संस्थाका पदाधिकारी , कर्मचारी, साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । यो वर्षको उत्कृष्ट कर्मचारी घोषणा गर्दै रमेश सुनार लाई कदर पत्र प्रदान गरेको छ। कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अग्निराज शाहीले गरेका हुन।
“भेदभाव र परनिर्भरता रहित सिर्जनाशिल समाज परिकल्पना, विकासको लागि अधिकार सम्पन्न सामाजिक संरचना “भन्ने मुलनाराको साथ बाजुरा जिल्लामा काम गर्दै आइरहेको छ। मानव संशाधन केन्द्र बाजुरा १६ औं वार्षिक साधारणसभा सम्म आइपुग्दा अहिले यो संस्था २१ वर्ष पूरा हुँदैछ। संस्था स्थापनाको दौरानमा विभिन्न कठिनाइ र चुनौतीको सामना गर्दै आइरहेको छ। संस्था स्थापनाको वर्ष २०५९ सालमा संस्था स्थापना गर्दा देश चरम सशस्त्र द्वन्दको पिडामा गुर्जिरहेको थियो। सामाजिक सचेतना र सशक्तीकरणको क्षेत्र समेत ओझेलमा परेको थियोे। सामाजिक कुरितिहरु तथा अन्धविश्वासले समाजलाई ग्रस्त बनाइरहेको थियोे भने विभेद र छुवाछूतको खाडल झन गहिरिदै गरेको अवस्थामा थियो । संस्थालाई यहाँसम्म पुर्याउने विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पुर्ण संस्था को सुभचिन्तक लाई धन्यवाद दिदैँ आभार व्यक्त गरे।
हालसम्म बाजुरामा संस्थाले सामुहिक पुस्तकालय स्थापना, लौठोलाई जैतुन बनाउने अभियान, सामुदायिक रेडियो कार्यक्रम, महिला अधिकार र बाल अधिकारको सवाल, खाद्य अधिकारको सवाल, रैथाने वाली प्रवर्द्धन, इन्नोभेटिभ टेक्नोलोजी, मुक्त हलिया पुनःस्थापना, पुर्वाधार विकास सहयोग, जीविकोपार्जन सुधार, क्षमता विकास तथा सीप विकास, र संस्थागत विकास मुख्य कामहरु गर्दै आएको छ। मानवीय क्षमताको अभिवृद्धि नभई संस्थागत सुदृढीकरण नहुने भएकोले संस्थामा नियमित जनशक्तिको क्षमता अभिबृदीमा जोड दिने बताइएको छ। स्थानीय तह संघको सहकार्यमा कृषि तथा पशुपालनको पहिचानलाई आधुनिक प्रविधियुक्त बनाइ व्यवसायीकता विकास गर्न जोड दिने जस्ता कार्यक्रम सञ्चालन गर्ने भावि कार्ययोजना संगै ३ करोड ९४ लाख रकम मानव संशाधन केन्द्रले विनियोजन गरेको संस्थाका सञ्चालक सदस्य गोकर्ण शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिए ।
गाउँपालिका तथा नगरपालिकाहरु संग समन्वय गरि छाउपडी मुक्त टोल तथा गाविस घोषणामा आवश्यक पहल गरिने, दलित जनजाति तथा विपन्न परिवारलाई जिविकोपार्जन सुधार विशेष कार्यक्रम सञ्चालनमा पहल गर्ने, स्थानीय निकाय तथा जन संगठनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्याउन पैरवी गर्ने भएको छ।