November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१

पर्यटनमन्त्री पाण्डेलाई ज्ञानेन्द्र शाहीले भने काठमाडौं देखि बाजुरा उडान हुने बनाउनु

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ३, २०८१ १४:५६
पर्यटनमन्त्री  पाण्डेलाई   ज्ञानेन्द्र  शाहीले भने   काठमाडौं देखि बाजुरा उडान हुने  बनाउनु

सेतीकर्णाली खबर

  ३ मंसिर    बाजुरा–  बाजुराको बुढिनन्दा नगरपालिका स्थित कोल्टी सिबपार्कमा आयोजित   राष्ट्रिय प्रजातन्त्र पार्टीको  बृहत आमसभामा  बोल्दै राप्रपाको प्रवक्ता  ज्ञानेन्द्र शाहीले बाजुरा पुगेर पर्यटन मन्त्री बद्री पाण्डेलाई   कोल्टी   देखि काठमाडौं नेपाल एयरलाइन्स को सँधै उडान हुने प्रक्रिया  बनाउन आग्रह गरेका छन् ।  सुत्केरी  हुन नसकेर कयौँ दिदि बहिनि र आमाहरुले ज्यान गुमाइसकेका छन अब कुन्ना क्षेत्रका दिदिबहिनिर आमाहरुले ज्यान गुमाउनु  नपरोस भनेका छन।म  सोमवार राप्रपाको सुदूरपश्चिम प्रदेश यात्रा अभियानका क्रममा बाजुराको कोल्टीमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै नेता शाहीले बाजुराका समस्या र विकासका बारेमा पर्यटन मन्त्री पाण्डेको ध्यानाकर्षण समेत गराएका छन् । जनतालाई पनि मासु र रक्सिमा नबिकेर भोट गर्न आग्रह गरेकाछन। चुनाबको बेला उम्मेदवारको लगानिको मासु, रक्सि  र पैसाको लोभमा परे पछि उम्मेदवारले भ्रष्टाचार  गरेर आफ्नो पैसा अशुल उपर गर्ने भएकाले बिकास नहुने र जनताले दुख खेप्ने गरेको माननिय शाहीले बताए । त्यस्तै बाजुरा जिल्लाबाट प्रत्यक्ष निर्वाचित मन्त्री पाण्डेलाई जिल्लाका समस्या समाधान तथा विकासका लागि गम्भिर भइदिन पनि नेता शाहीले आग्रह गरेका छन् ।
त्यस्तै नेता शाहीले मार्तडी कोल्टी सडकको यात्राले जनतालाई सास्ती भइरहेको भन्दै तत्काल सडकको मर्मत सम्भार हुनुपर्ने र आफू पनि यस विषयमा मन्त्री पाण्डेलाई भेटेरै सुनाउने वाचा गरेका छन् । उनले बुढीनन्दा नगरपालिकाका जनताका लागि निःशुल्क एम्बुलेन्स सेवा गर्न नगरपालिकालाई आग्रह समेत गरेका छन् ।
त्यस्तै शाहीले भने, “कोल्टीमा जैतुन र कपास खेति हुनुपर्छ, यो आवाज म संसदमा पनि उठाउने छु, साथै अर्थ र कृषि समितिमा प्रस्ताव लिएर छलफल हुनुपर्छ ।”
त्यसै गरी बृहत आमसभामा बोल्दै नेता शाहीले यो ठाउँको परिवर्तनका लागि आगामी चुनावमा भोट परिवर्तन गर्न आग्रह गर्दै युवाहरुलाई ०८४ चुनावको तयारीमा लाग्न समेत निर्देशन दिएका छन् । त्यस्तै शाहीले प्रदेश संरचना खारेज गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने पार्टीको मुख्य एजेण्डा रहेको बताए ।

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ३, २०८१ १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट