November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१

बाजुराको स्वामिकार्तिकमा पाँचदलको मात्र मनोनयन दर्ता

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर २, २०८१ १२:३७
बाजुराको स्वामिकार्तिकमा पाँचदलको मात्र मनोनयन  दर्ता

 सेतीकर्णाली खबर

उमेश जङ्ग शाही २ मंसिर बाजुरा–  बाजुरा जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको लागि पाँच दलले मात्र मनोनयन  दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुना देवी थापा भोटे धामी, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही,

नेकपा एकीकृत्त समाजवादीबाट जवा शाही

र नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विकले उम्मेदवारी दर्ता गराएका हुन्।
मुख्या निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकका अनुसार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। उपाध्यक्ष मैना जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो। स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ।

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर २, २०८१ १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट