सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ हिजो राति आएको अविरल वर्षाले पहिराले छोपेर ७० बाख्रा मृत्यु भएको छ।
१४ गते राती अविरल वर्षाका कारणले कोटि गाउँ नजिकै चौका भन्ने ठाउँमा एक्कसी बाख्रा राखेको ठाउँ भन्दा माथिबाट आएको वर्षाले गोरख राज बोहरा ४० वटा बाख्रा, जर्म बोहरा १० वटा र जीवन बोहराका २० वटा गरि जम्मा ७० बाख्रा पहिरोले छोपिएर मृत्यु भएको छन। १० वटा बाख्रा सकुशल रहेकोे स्थानीय वीर बहादुर बोहराले बताएका छन।
बिहान खान खाएर बाख्रा हेर्न मान्छे बाख्रा राखेको ठाउँमा गएर बन चराउन लैजान तयारी भएर गएका मान्छे दु:खद अवस्था रहेका छन। कवाडी प्रहरी चौकीलाई मुचुल्का खबर गरिएको छ।