October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा ६७ जना भुकम्प पीडितलाई राहत वितरण

  • सेती कर्णाली खबर
  • सोमवार, साउन १, २०८० 0५:१७
हिमालीमा ६७ जना भुकम्प पीडितलाई राहत वितरण

 सेतीकर्णाली खबर १ साउन , बाजुरा-  हिमाली गाउँपालिका वडा नम्बर १ का स्थानीय ६७ जना भुकम्प पीडितलाई राहत वितरण गरिएको छ।

गएको सालको माघ १० गते आएको बाजुराको बिच्छया भुकम्प केन्द्र भएको स्थानका स्थानीय पीडित परिवारलाई गाउँपालिकाको आर्थिक सहयोगमा राहत वितरण गरेको हो। गाउँमा रहेका ३७ घरपरिवार लाई ३० किलोग्राम चामलको हिसाबले पीडित लाई राहत स्वरुप दिएको वडा अध्यक्ष जोख्या भण्डारीले बताएका छन।

७ जना घरका परिवारलाई २५ हजार दरले स्थानीय एकल महिलाहरू लाई वितरण गरिएको छ। बाढी पीडित भएको वडा भित्र रहेकोे स्थानीय ६ जना घरपरिवारहरु लाई कमल र ओढ्ने कपडा सहित ६ जना महिलाको लागि कागिया, ऐना बुलावज र चोलो लगायत सामाग्री भुकम्प र बाढी पीडित घरपरिवार लाई सडक जोडिएको स्थान सम्म  पुर्‍याइ स्थानीयलाई राहत वितरण गरिएको छ।

उक्त राहत वितरण कार्यक्रममा हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढा गाउँपालिका कर्मचारी सतेन्द्र रोकाया र कार्यालय सहयोगी धर्मतत्त पाण्डे लगायत स्थानीय  भुकम्प र बाढी पीडितहरुलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, साउन १, २०८० 0५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट