December 16, 2025 | मङ्लबार, पुस १, २०८२

निसीखोला गाउँपालिका अध्यक्ष माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस ५, २०७९ 0८:३९
निसीखोला गाउँपालिका अध्यक्ष  माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर

शुलभ चन्द  पौष ५ बागलुङ – वडा अध्यक्ष हुँदा गाँजा सहित पक्राउ परेका बाग्लुङ निसीखोलाका सुर्यबहादुर घर्तीमाथी लागेको आरोप गाउँपालिका अध्यक्ष हुँदा ठहर भएको छ
बाग्लुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै निवास बाट पक्राउ परेका घर्ती मगर माथी लागेको लागूऔषध गाँजा -चरेस सम्बन्धी कसुर ०७९ पुस ३ गते ठहर भएको हो ।जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्ती माथी लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवाहरुलाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने क्रममा खोजी गर्दै जाँदा प्रहरी घर्तिमगरसम्म पुगेको थियो । घर्ती मगर को निवास बाट बरामद भएको गाँजा चरेस धुलो पारिएको अवस्थामा भेटिएको थियो ।जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा चरेस–नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्धा दर्ता भएको थियो ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मा पाँच दलिय गठबन्धन नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका घर्ती नेकपा एमालेका भुमिराज घर्ती मगर राप्रपा का कृष्ण मल्ल ठकुरी र स्वतन्त्र उम्मेवार अन्चल शाही ठकुरी हरुलाई झिनो मतले पराजित गर्दै निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस ५, २०७९ 0८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  