काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । आज मंगलबार राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम हुन लागेको छ ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् । पार्टी एकता घोषणा कार्यक्रमको आयोजना नेकपा एकीकृत समाजवादी पार्टीले गरेको छ।