October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १३, २०८० 0६:५१
प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

बाजुरा,१३ जेष्ठ : नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचारत ९ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो ।
अस्पतालमा उपचाररत बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई सान्त्वना होस् भन्ने उदेश्य साथ फलफुल बितरण गरि युनियनको जन्म उत्सव मनाईएको हो ।
नेपालि काँग्रेस बाजुराका उपसभापति पदम बडुवालको प्रमुख आथित्यतामा फलफुल बितरण गरिएको हो । फलफुल बितरण कार्यक्रममा प्रेस युनियन अध्यक्ष प्रेम रौले,प्रेस,सचिव प्रशान्तराज जोशी,युनियन पुर्व केन्द्रिय सदस्य दयाराम पण्डित , पत्रकार महासघं बाजुराका वरिष्ठ उपाध्यक्ष पदम सिंह,प्रेस युनियन प्रदेश समिती सचिव राजेन्द्र रोकाया,नेपाली काँग्रेस बाजुरा पार्टी प्रबक्ता रमा रावल, नेपाल विद्यार्थी सघंब बाजुराका अध्यक्ष जनक थापा, प्रेस चौतारी नेपाल प्रदेश कमिटी सदस्य लक्ष्मीराज पाध्याय लगाएतको सहभागीता रहेको थियो।
२०४८ साल जेठ १३ गते जय प्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरि नेपाल प्रेस युनियनको जन्म भएको हो । अन्तराष्ट्रिय पत्रकार महासंघ नेपनल बाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था नेपाल प्रेस युनियन हो ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १३, २०८० 0६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट