पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]
काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ। सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]
बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबिचको सहमतिमा आपत्ति जनाएका छन् । शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका हुन् । ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट […]
बाजुरा–बाजुराको बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । पुर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले वताएका छन् । बडिमालिका मन्दिर बाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ […]
काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा रड प्रहार गरेपछि प्रहरीले सात राउण्ड गोली प्रहार गरेको खुलेको छ। लागुऔषध नियन्त्रण ब्युरोले केही समयदेखि कारोबारीबारे अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार मंगलबार दिउँसो २ बजेतिर प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले काठमाडौंको सुन्धारास्थित सडकबाट सुरूमा दुई जनालाई नियन्त्रणमा लिएको ब्युरो प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी […]
गैर सरकारी संस्था महासंघ बाजुराको अध्यक्षमा पुन कृष्ण अधिकारी दोहोरीएका छन । गैर सरकारी संस्था महासंघ बाजुराको १० औँ जिल्ला अधिबेशनबाट अधिकारी लगायतको नेतृत्व चयन भएको हो । अधिबेशनबाट उपाअध्यक्षमा मोहनराज जैशी, सचिवमा धर्म बहादुर रोकाया, उप सचिव उजा बिष्ट कोषाध्यक्ष शुसिला थापा लगायत ११ सदस्यि समिति निर्बिरोध निवाचित भएको निबाचन अधिकृत मदनराज जैशीले बताए […]
अछाम जिल्ला समन्वय समिति अछामकी उप–प्रमुख दानमति बम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत, अछाममा झगडा गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, अछामले शाही आफ्नो नियन्त्रणमा रहेकी बताएको छ। पञ्चदेवल–विनायक नगरपालिकाकी स्थानीय समेत रहेकी शाही विनोद शाही हत्या प्रकरणसँग सम्बन्धित रहेर झगडा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। तर, […]
नेपाल सरकार र नेपाल शिक्षक महासंघ आज सहमत भएर आन्दाेलसन आजबाट स्थगित गरिए काे छ । सरकार र नेपाल शिक्षक महांसंघ ले ९ बुँदे सहमति भएको छ ।नेपाल सरकारकाे तर्फबाट शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएकाे र आजबाट विद्यार्थी भर्ना लगायत सबै […]
ट्राफिक प्रहरीले एक जना युवालाई लात्ति वा बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा फेसबुकमा छ्याप छ्याप्ती भाइरल बनेको छ। त्याे भिडियाे भने कुन ठाउँको र कहिलेको हो कसैले केहिपनि खुलेको भने छैन। ती युवालाई ट्राफिक प्रहरीले बुट सहित लात्लेतिले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको र हातमा रहेकाे सामा समेत छताछुल्ल फालेकाे भि […]
बाजुरा– निजामती कर्मचारीहरुका संगठनहरुले तत्काल संघीय निजामती सेवा ऐन जारीको माग गर्दैै सभामुखलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल निजामती कर्मचारी युनियन, संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकिकृत सरकारी कर्मचारी संगठन बाजुरा समितिले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यामार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमार्फत संघीय निजामती […]