दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी […]
माघ २३ बैतडी बाट बझाङ आउदैगरेकाे जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी […]
माघ ११ बाजुरा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ । निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो । कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन् । कोशीमा […]
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टी सभापति गगन थापाले शीर्ष नेताहरूसँगको गहन छलफलपछि एकैपटक १७ स्थानका उम्मेदवार फाइनल गरे। कांग्रेसले यसपटक विशेषगरी कर्णाली, सुदूरपश्चिम र पूर्वी पहाडी जिल्लामा बलियो दाबी प्रस्तुत गर्ने छ। टुंगो लागेका उम्मेदवारहरूमा हुम्लाबाट जयपति रोकाया, मुगुबाट खड्गबहादुर, जुम्लाबाट दीपबहादुर […]
बाजुरा माघ २ फागुन २१ गते हुन गईरहेकाे प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले उक्त कार्यालयको समुद्घाटन गर्नुभएको हो ।जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार बाजुरामा एक मात्र निर्वाचन क्षेत्र रहेकाले सदरमुकाम […]
काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी निर्वाचनमा १ हजार ९ सय ८२ मत खसेको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ मत मात्र खसेकाछ न् जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब २ सय ८१ मत खस्न बाँकी […]
प्रधान मन्त्री शुसिला कार्कीीका प्रेस सल्लाहकारमा पत्रकार राम बहादुर रावल नियुक्त हुने भएका छन् ।उनलाई प्रधान मन्त्री कार्कील प्रेस सल्लाहकारमा नियुक्त गर्नलागेकी हुन् । बाजुराको बडीमालिका नगरपालिका-८ मा जन्मिएका कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, ग्यालेक्सी फोरके टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ। पछिल्लो समय रावल नेपाल खबरका सम्पादक थिए । […]
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]
काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ। सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो। मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ। रास्वपाले पाँच […]