पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको शव भेटिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको थियो । जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, […]