सेतीकर्णाली खबर मनिषा शाही साउन २८ बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा कार्यरत प्रहरी जवान अनिल गिरीका अनुसार दुर्घटनामा […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का असार २५ बझाङ – नेपाल सरकारले राहत शिक्षकको मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै नेपाल राहत शिक्षक समितिले आइतबार देशव्यापी रूपमा आयोजना गरेको विरोध सभा कार्यक्रम बझाङको जयपृथिवी नगरपालिकामा पनि सम्पन्न भएको छ। राहत शिक्षक समिति नगर सचिव श्याम नेपालका अनुसार लामो समयदेखि विद्यालय शिक्षक विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही साउन १६ बाजुरा– “कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो। कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का १२ साउन बझाङ – नेकपा (एमाले) परित्याग गरी थलारा गाउँपालिका–९ का वडा कमिटी अध्यक्ष प्रेम बहादुर सिंहसहितको टिम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। अजा एक कार्यक्रमका बिच थलारा गाउँपालिका–९ का वडा कमिटी अध्यक्ष प्रेम बहादुर सिंहसहितको टिम नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रमका क्रममा […]
सेतीकर्णाली खबर उमेश शाही बाजुरा, साउन ८– बाजुरा- जिल्लाको हिमाली गाउँपालिका– वडा नम्बर ५ क्युडीबाट धुलाचौर तर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेको उद्दारको लागि गाउँपालिकाले हेलिकप्टर ल्याउने जिल्ला प्रसासन संग समन्वय गरिरहेको छ। जिप दुर्घटना सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने हिमाली गाउँपालिकाको […]
सेतीकर्णाली खबर बझाङ, साउन ८— वित्थडचिर गाउँपालिका वडा नम्बर ६ मा आज एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वडामा रहेका १६ वर्षभन्दा मुनिका, आमाबुवा दुवैजनाको मृत्यु भइसकेका ४० जना टुहुरा बालबालिकाहरूलाई प्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ। यस छात्रवृत्तिको माध्यमबाट विद्यार्थीहरूले झोला, विद्यालय पोशाक र शैक्षिक […]
सेतीकर्णाली खबर दोहा कतार, जुलाई १७ — प्रवासी नेपालीको साझा मंच ठकुरी सहयोग सञ्जाल, कतार ले आफ्नो ११औं वार्षिकोत्सव–२०२५ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम २०७१ सालमा स्थापना भएको संस्थाको ११ वर्षे यात्राको उत्सव स्वरूप जुलाई २५ (शुक्रबार) का दिन फुलबारी रेस्टुरेन्ट, सनेैयामा दिउँसो १२:०० बजे सुरु हुने आयोजकले जनाएको छ। […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९ असार बाजुरा — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको नव-प्रवर्तनात्मक कार्यक्रम अन्तर्गत “ट्र्याक्टर बहस” नामक विशेष कार्यक्रम बाजुराको जगन्नाथ गाउपालिका वडा नं. १, पिलुचौरमा सम्पन्न भएको छ। कार्यक्रम २०८२साल असार २९ गते सम्पन्न भएको हो। कार्यक्रमको आयोजना प्रहरी चौकी कुन्ना, बाजुराले गरेको हो। कार्यक्रममा ट्र्याक्टर चालक, मालिक तथा […]
सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]
उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]