बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले कार्य सम्पादन मुल्याङ्कनको आधारमा ६ जना कर्मचारीलाई पालिकाले पुरस्कृत गरेको छ । निजामति सेवा दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई आज पुरस्कृत गरेको हो । गाउँपालिकाले पालिका भित्र विभिन्न क्षेत्रको पदमा कार्यरत प्राविधिक तर्फका स्थायी तथा अस्थायी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको गाउँपालिकाका पञ्जीकरण शाखाका एमआईएस अफेरेटर […]
बाजुरा: गृह मन्त्रालय देशै भरि प्रमुख १०प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का पनित्यसै अन्तरगत परेर सरुवा भएकाे छ । पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल बाजुराकाे सिडियाे भयर आउने भयका छन । गृहमन्त्रालयले सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओको सरुवा गरेको छ। […]
उमेश रोकाया/बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाले निजामति सेवा दिबसको अबसर पारि बृहत रुपमा सरसफाइ कार्यक्रम गरि मनाएका छन। शुक्रबार दिउँसो स्वामीकार्तिक निजामती सेवा दिवसका उपलक्ष्यमा गाँउपालिका परिसरमा सरसफाई गरि मनाएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो। गाउँपालिका भित्र रहेकोे फोहोर मैलो मुक्त बनाउन एक कार्यक्रम बीच सरसफाइ गरिएको छ। स्वच्छ र सफा सुगुर बनाउन गाउँपालिका […]
बाजुरा – जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवसमा कालोपट्टी बाँधेर विरोध जनाउदै स्वा प्रवाह गरेका छन् ।स्थानीय तहमा कार्यरत कर्मचारीहरुले शुक्रबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते शुक्रबार निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस अघि नै पत्राचार गरेको भएपनि दिवस […]
ताप्लेजुङ- ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूको निलम्बन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कायालयमा ढुङ्गा समेत प्रहार गरेका छन् भने प्रदर्शन रोक्न प्रहरीले हवाई फायर गरेको छ । तरुण दलको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् । प्रदेश सांसद खगेन सी […]
सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेग बुढीनन्दा नगरपालिका १० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्। बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी उनी बिहीबार नदेखिएपछि घरमा जाँदा मृत फेला परेको स्थानीयले बताएका छन् । मृत भेटिएपछि स्थानीयलाई खबर गरेका थिए । मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ। स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको […]
उमेश रोकाया,२१ भाद्र/बाजुरा- हिमाली गाउँपालिका स्थानीय तहका कर्मचारीले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने संयुक्त विज्ञप्ति जारी गरेका छन। बिहीबार हिमाली गाउँपालिकामा कार्यरत कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृतमार्फत नौ सूत्रीय माग राख्दै सो दिवस नमनाउने भन्दै संयुक्त विज्ञप्ती बुझाएका छन । हिमाली गाउँपालिकाका कर्मचारीहरुले सो दिवसलाई विरोध स्वरुप कालोपट्टी बाँधेर मनाउने हिमाली गाउँपालिकाका प्राविधिक शाखा कर्मचारी […]
बाजुरा– हिमाली गाउँपालिकाले प्रतिव्यक्ति ४ रुख अनिवार्य रोप्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन साे कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे । चार वर्ष अघि सुरु भएको सो कार्यक्रमबाट ५० हजार विरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । उनले भने, ‘हाम्रो पालिकामा अन्य बाली उत्पादन भएपनि चामल उत्पादन हुँदैन । त्यसैले एउटा रुख जोगाएर हुर्काए बापत वार्षिक प्रतिव्यक्ति […]
धनगढीः सुदूरपश्चिमकासहित नेपालीहरु रोजारीका लागि भारतका विभिन्न स्थानहरुमा जाने गरेका छन्। सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट लगायतका सीमा नाकाबाट नेपालीहरु भारत जाने र नेपाल फर्किने गर्दै आएका छन्। नेपाली नागरिकका लागि भारत प्रवेश र स्वदेश फर्किन कुनै परिचय पत्रको आवश्यक हुँदैन। तर, पछिल्ला दिनहरुमा भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ। नेपाल र […]