घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिका–८ का बुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उनले पाँच कठ्ठा जमिनमा चैते धान लगाएका छन् । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दै आएका छन् । बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उनले बताए । ‘अर्को वर्ष एक बिघामा चैते धान लगाउने सोच छ’, चौधरीले भने। चैते धान लगाएको […]
राजेन्द्र बिक २८जेष्ठ बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले परिक्षण प्रसारण सुरु गरेको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्ट्ज मा परीक्षण प्रसारण सुरु गरेको हो । कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्सर्फमर जडानका […]
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना तथा ग्रेप परियोजनाको समन्वय र आर्थिक सहयोगमा एक दिने कृषि सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमाआइतबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कृषि बिज्ञ रामजि प्रसाद न्यौपानेले प्रशिक्षण गर्दै ग्रामिण क्षेत्रमा जलवायुको त्यति असर नदेखिएको बताउनुभएको छ । उहाँले पछिल्लो समयमा तराँई क्षेत्रमा जलवायु परिवर्तनले गम्भीर असर […]
डडेल्धुरा: डडेल्धुरामा करेन्ट लागेर एक जना बिद्युतका कर्मचारी घाइते भएका छन्।घाइते हुनेमा परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। फाईल फाेटाे जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका बाघलाई एचटी पाेलकाे लाईनमर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। उनको अअिले धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ
अछाम र दैलेखकाे बिचमा रहेकाे कर्णाली नदी माथि पुलमा अड्किएका १३ वटा घाइते खच्चडको उद्धार भएपछि तत्काल उपचार भएको छ । फसेका १३ खच्चड मध्य २ वटा खच्चडको कर्णालीमा खसेर मृत्यु भएको छ भने बाँकी घाइते खच्चडको तत्काल उपचार भएको हो । पञ्चदेवल विनायक नगरपालिकाका राजेन्द्र बाेहाेरा,जीवन रोका र नवीन रोकाका गरी ११ वटा खच्चडको […]
बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ मा रहेको आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई रगत आवश्यक परेको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ कल्ख्याकी सुन्तली लवारलाई रगत आवश्यक परेको हो । हुम्लाबाट बाजुरा आउदै गरेकि ल्वारको विच बाटोमा गर्भपतन भएको श्रीमान लोक ल्वारले बताउनुभयो । उहाँले एक्कासि रगत बग्न थालेपछि उपचारका लागि कोल्टी […]
बाजुरा- नेकपा माओवादी केन्द्र हुम्लाले ७ वटा पालिकाका सम्पुर्ण वडामा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हुम्लाका ७ गाँउपालिकाका ४४ वटा वडामा आज दोस्रो वडा अधिबेशन सम्पन्न भएको हो । गत जेठ ४ गते सर्केगाड गाउँपालिकामा बसेको जिल्ला कमिटीको बैठकले जेठ २६ गते जिल्लाभर एकै साथ अधिवेशन गर्ने निर्णय अनुसार आज सम्पन्न भएको हुम्लाबाट हाम्रा […]
राजेन्द्र विक,२६जेष्ठ/बाजुरा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ। पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज […]
उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका बिरुवा हुर्काए बापत किसानलाई प्रोत्साहन स्वरुप चामल वितरण गरिएको छ। हिमाली गाउँपालिका महत्त्वपूर्ण कार्यक्रम खाद्य सुरक्षाका लागि वृक्षरोपण कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको हो। सुरु भएको वर्षमा पालिकाले ५० हजार बिरुवा पालिका भित्र रहेका सातै वडामा कृषकलाई वितरण गरि रोपेका हुन। जस्तैः स्याउ, ओखर, सुन्तला, कागती र डाले गास […]
नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र ले आज फेरि भेटाैला कार्यक्रम मनाएर लेखापाल कर्ण बहादुर चन्द लाई बिदाई गरेका छन् लेखापाल चन्द लाई सम्झना स्वरुप बितरण केन्द्र प्रमुखले खादा लगायर मायाकाे चिनाे हस्तान्तरण गर्नु भयाे र प्रशासन प्रमुखले ,अम्काेरा का साथै उनकाे रमाना काे कागज समेत दिएर बिदाई गर्नु भयाे । बाजुरा बितरण केन्द्रमा बिगत […]