स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । निर्वाचनको […]
किरण धामी, डोटी डोटीमा जिप दुर्घटनामा भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाको खारखोलामा से १ ज ७८५ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिवार साँझ करिब ६ बजेतिर दुर्घटना भएको जिपमा चालक सहित दुई जना मात्रै सवार थिए । जिप आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आइरहेको थियो […]
काठमाडौं — अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त […]
बाजुरा,बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् । प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै […]
कैलाली- बैसाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागी कैलाली जिल्ला को गौरिगंगा नगरपालीका वडा नं. १ को वडा अध्यक्षमा उद्यमि तथा समाजसेवी अमृत शाहीले उम्मेदवारी दिएका छन् । शाहीले राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गौरिगंगा नजिकै रहेको सबैको आस्थाको केन्द्र मोहन्याल मन्दिरको प्रांगणमा उभिएर वडाबाट पाइने […]
नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ । विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो […]
राजेन्द्र जोसी बैतडी– जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर एक बाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले पुनः मनोनयन दर्ता गराएका छन् । गुरुखोलाकोे समग्र विकासका लागि युवाको आवश्यकतालाई मध्यनजर गर्दै विगतमा रहेका सम्पूर्ण कमी कमजोरी तथा अपूर्ण रहेका कामलाई पूर्णता दिने उद्येश्यले उनले पुनः उम्मेदवारी दिएको भट्टले बताएका छन । वडामा […]
उमेश जङ् शाही बाजुरा,बैसाखा ३० गते हुन गइरहेको स्थानिय निर्वाचनका लागि स्वामिकार्तिक खापर गाउँपालिकामा बैसाख ११, १२ गतेका दिन एमाले, नेपाली काङ्ग्रेस , राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुले हिजो शान्तिपूर्ण ढंगले गाउँपालिका निर्वाचन कार्यलयमा मनोनयन दर्ता गरेकाछन । स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष उम्मेदवारहरु – एमाले बाट चतुरभुज […]
एकल बहुमतको सरकार बनाउने तयारी धनगढी, १० बैशाख नेपाल कम्युुनिष्ट पार्टी(एकीकृत समाजवादी) ले चुनाव पछि एकल बहुमतको सरकार चलाउने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनमा एकल उम्मेद्वारी दिने निर्णय गरेसंगै नेकपा (एस)ले सुदूरपश्चिम प्रदेश सरकार फेरवदल गरेर एकल बहुमतको सरकार चलाउने तयारी गरेको खुलेको हो । ५ दलले देशभर चुनावी गठबन्धन गरे पनी संगठन […]
बाजुरा, स्थानिय तहको निर्वाचन नजिकिदै छ । यति वेला विभिन्न राजनितिकदल शहर देखि गाउँ गाउँ सम्म चुनाव लक्षित कार्यक्रम गर्न ब्यस्त छन । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारीका लागि राजनितिक दल विभिन्न कार्यक्रम र सहयोग लिएर शहरमा मात्र केन्द्रित छैनन गाउँ गाउँ सम्म पसेका छन । स्थानिय तहको निर्वाचन आउन २३ दिन […]