१८ कार्तिक, जाजरकोट । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
१८ कार्तिक, काठमाडौं । गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने भूकम्पमा परी ४६ जना घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याइएको छ […]
सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी […]
सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी […]
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)लाई सुर्खेतमा सारिने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा सार्न लागिएको हो। प्रहरी तालिम केन्द्रलाई सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा रहेको २३ बिघाहा जग्गा उपलब्ध गराउन सबै प्रकृया पुरा गरी गृह मन्त्रालयसम्म फाईल पेश गरिसकिएकाे हाे । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७९/०८० काे वार्षिक […]
जुम्लाको गुठीचौर गाउँपालिकाले मदिरा सेवन गर्नलाई अनिवार्य लाइसेन्स बनाउनुपर्ने नियम लागू गरेको छ । गाउँपालिकाले भदौ १ गतेदेखि लागू हुनेगरी यस्तो नियम ल्याएको हो । गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि अनुसार विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिकस्थल, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा पाँच सय मिटर टाढाको दूरीमा मात्र मदिरा बिक्रि गर्न पाइने छ । कार्यविधि अनुसार […]
गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]
बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]
तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ। स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए। अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ,’ […]
४९ किलोमिटरको चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवर र मञ्जु रावतले हात पारेका छन्। प्रतियोगिताको पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जु प्रथम भएका हुन्। दलबहादुरले निर्धारित दूरी ४ घण्टा ५४ मिनेट १० सेकेन्डमा पार गरे। उनी तेस्रो जुम्ला–रारा म्याराथनमा दोस्रो भएका थिए। ४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गर्दै जुम्लाकै धीर बुढा […]