आशिष बहादुर सिंह बझाङ, बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ। बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सु.प.प्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ। बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप […]
उमेश जङ्ग शाही बाजुरा, बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७४-२०७८ सम्म गरेको कामहरुको सार्बजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भएको छ। पिसविन नेपाल र महिला बिकास मन्च, बाजुराको सयुक्त सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको महिला बिकास मन्चका सामाजिक परिचालक अम्मर भण्डारीले बताए ।सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रमको सञ्जालन संगिता तिमिल्सिनाले गरेकि […]
वैशाखमा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले आपत्ति जनाएका छन्। निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७८ को २६ औं बुँदामा जनप्रतिनिधिहरू उम्मेदवार हुने हो भने मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्ने उल्लेख छ। उक्त आचारसंहिताबारे एमालेका नेताहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीले चुनावअघि राजीनामा […]
बाजुरा, जिल्लाको प्रदेश( क) का अधिकांश स्थानीय तहका दुर्गम वस्तीहरुमा संचारको पहुँचबाट बाहिर छन् । संचार विनाको हरेक कार्यमा बाधा अड्चन हुने गरेको पाइन्छ । हिमाली गाउँपालिकाको विच्छ्या संचार क्षेत्रबाट टाढा रहेको छ । संचारको पहुँचमा नभएको विच्छ्यालाई संचारसंग जोड्नका लागि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालयमा धाउन थालेका छन् […]
काठमाडौँ — चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आकलन गरिएको छ । अमेरिकी सहयोग निकाय एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार […]
बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]
बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको […]
बाजुरा, बाजुरा जिल्लाको जगन्नाथ गाउपालिका जुड्डीमा रारा कैलास टुर एण्ड कर्णाली ट्रेल नेपालको आयोजनामा हिजो कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का अध्यक्ष कर्ण विष्ट, प्रमुख अथिति जगन्नाथ गाउपालिका अध्यक्ष काली व. शाही विशिष्ट अथिति र्याफ्टिङ विज्ञ महेन्द्र सारुमगर,गाउपालिका उपाध्यक्ष एैना गिरि अथितिहरु वडा […]
काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थित मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ । एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एमसीसीको विषयमा संशोधन गर्नसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सधैँ […]
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको एसपी मैनालीले बताए । प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो […]