काठमाडौँ- सामाजिक सञ्जालको भातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सेतीकर्णालीखबरलाई बताएअनुसार फेसबुक मेटा र हाम्रो पात्रो प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।
सेतीकर्णाली खबर मनिषा शाही साउन २८ बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा कार्यरत प्रहरी जवान अनिल गिरीका अनुसार दुर्घटनामा […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही साउन १६ बाजुरा– “कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो। कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, साउन १५ काठमाडौ – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९ असार बाजुरा — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको नव-प्रवर्तनात्मक कार्यक्रम अन्तर्गत “ट्र्याक्टर बहस” नामक विशेष कार्यक्रम बाजुराको जगन्नाथ गाउपालिका वडा नं. १, पिलुचौरमा सम्पन्न भएको छ। कार्यक्रम २०८२साल असार २९ गते सम्पन्न भएको हो। कार्यक्रमको आयोजना प्रहरी चौकी कुन्ना, बाजुराले गरेको हो। कार्यक्रममा ट्र्याक्टर चालक, मालिक तथा […]
नेपालको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मध्यको बडिमालिका मन्दिर पनि एक हो। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लामा अवस्थित बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि […]
सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]
उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]
उमेश शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]