काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् । मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास […]
काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज) बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकलाई सबै […]
२४ पुस बाजुरा– बुढिनन्दा नगरपालिका , हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाका स्थानिय बजारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, चकलेट, चुईगम, मिठाई, कोकाकोला, स्प्राईट, फेन्टा, अवैध सुर्ति लगायत करिब ६४ हजार ५ […]
अर्जुन बिष्ट २३ पुस , – रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको पालिका केन्द्र स्थित राडी बजार क्षेत्रमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । राडी बजार क्षेत्रमा रहेका विभिन्न क्षेत्र संघसंस्था तथा कार्यालयमा आवतजावत गर्नको लागि दैनिक रुपमा गरिने पार्किङले गर्दा बजार नै अस्थव्यस्थ बन्दै गएको हो । बजार […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रम संचालन गरिएको बताएको छ। गाउँपालिका बजेट अनुसार फलफूल दशक कार्यक्रम अन्तर्गत ५० प्रतिशत मुल्य अनुदान फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन संचालन गरिएको छ। हिमाली गाउँपालिका भित्रका लक्ष्यित समुहहरुले विशेषगरी यो कार्यक्रम लागु हुनेभएको कृषि विकास शाखा प्रमुख […]
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको कार्यकाल […]
१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् । गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज […]
९ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका […]
७ पुस, काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान […]
शुलभ चन्द पौष ५ बागलुङ – वडा अध्यक्ष हुँदा गाँजा सहित पक्राउ परेका बाग्लुङ निसीखोलाका सुर्यबहादुर घर्तीमाथी लागेको आरोप गाउँपालिका अध्यक्ष हुँदा ठहर भएको छ बाग्लुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै निवास बाट पक्राउ परेका घर्ती मगर माथी लागेको लागूऔषध गाँजा -चरेस […]