धनगढी– कैलालीमा चट्याङ परेर एकैदिन १० जना महिला घाइते भएका छन्। आज (आइतबार) चट्याङ लागेर १० महिला घाइते भएका हुन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा मृत्यु भएका व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय घरको अगाडी अमट्टाको रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा १० महिला घाइते भएका छन्। घाइतेहरुको बर्दगोरिया […]