सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका द्रारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता हुनेभएको छ। एकताबद्ध देश, खेलकुदको सन्देश, भन्ने मुलनाराका साथ स्वामीकार्तिक खापर गाउँपालिका द्रारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ। स्वामीकार्तिक खापर गाउँपालिकाले एक सुचना जारी गर्दै आउदो कार्तिक ५ गते देखि प्रतियोगिता सञ्चालन हुने सन्तोष रावलले जानकारी दिनुभएको छ । […]
बाजुरा- बुढीनन्दा नगरपालिकाको कोल्टीमा प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियोगिता हुनेभएको छ । विकाश, अनुशासन र गतिशिलता, प्रथम साईनिङ्ग स्टार कप खुला फुटवल प्रतियागिता भन्ने मुलनाराका साथ कोल्टीमा प्रथम फुटवल प्रतियोगिता सञ्चालन हुनेभएको हो । साईनिङ्ग स्टार क्लव कोल्टीले आज एक सुचना जारी गर्दै आउदो कार्तिक १७ गते देखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ […]
जित जङ्ग कटेल/बाँके- नेपालगन्जको बिपी चोक स्थित सात वटा पसलमा आगलागि हुँदा अनुमानित करिब एक करोड बढीको क्षति भएको छ । शुक्रबार बिहान करिब ४:३० बजे बिद्युत तार सर्ट भएर बिपी चोक नजिकै गुरुद्वारा अगाडी महबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा बिद्युतको तार सर्ट हुन गई एक्कासी आगलागी हुँदा सोहि पसलको छेउमा […]
उमेश रोकाया,२५ असोज/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले नयाँ डोजरको पुजा गरेका छन। गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल तथा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी लगायत कर्मचारीले नयाँ डोजर भित्रिएपछि गरे पुजा गरेका छन। बिहीबार एक अनौपचारिक कार्यक्रम बिच गाउँपालिकाको कार्यालयमा डोजर सञ्चालन गरे संगै पुजा पाट गरेका छन। भौतिक पुर्वाधार विकास लाई […]
उमेश रोकाया/बाजुरा- भवानी माध्यमिक बिधालका विद्यार्थीहरुलाई खानेपानी समस्या बाट मुक्तमा भएका छन। बिधालय विद्यार्थी चाप बढेपछि खानेपानीको समस्या रहेकोे थियोे। पहिला धारा स्कुलमा भएपनि विद्यार्थीलाई खानेपानी हल्का समस्या परेका हुन। अहिले स्कुलमा अर्को धारा बनाएपछि खानेपानी प्रशस्त रूपमा भएको छ। विद्यार्थीलाई पहिल्यै भन्दा अहिले बिधालय नजिकै धारा हुँदा साना बालबालिका देखि ठुलो विद्यार्थीलाई खानेपानी सजिलोसँग […]
उमेश रोकाया/बाजुरा- जिल्ला हिमाली गाउँपालिकाका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा रहेका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ को रुगिन, नदपाटा र बछ्या गरि २ सय ६२ घरधुरी र वडा नम्बर ४ मा फैती र लेख बोर्ता गाउँमा गरेर २ सय ५२ घरधुरी कुवाडी खोला जलविद्युत आयोजना विद्युतको लाइन विस्तारले उज्यालो बस्ती भएको छ। […]
उमेश रोकाया,२३ असोज/बाजुरा- हिमाली गाउँपालिकामा विश्व मानसिक स्वास्थ दिवसको अवसरमा पालिकाको परिसरमा सरसफाइ कार्यक्रम गरेर मनाएका छन। गाउँपालिका परिसरमा पालिकाका कर्मचारीले भित्र रहेको फोहोर हटाएर सरसफाइ गरेका छन। सबै कर्मचारी मिलेर स्वच्छ र सफा वातावरण रहनुका लागी एक कार्यक्रम बीच गाउँपालिकामा सरसफाई गरेर बिश्व मानसिक स्वास्थ दिवस मनाएको हिमाली गाउँपालिका अधिकृत जनकलाल चौधरीले बताउनुभयो। स्वास्थ […]
धनगढी : प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दूई जना भने सकुसल रहेको नितिले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिको भनाइ छ। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष […]
उमेश रोकाया/बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका कार्यालय काम अत्यावश्यक बाहेक अन्य सबै सेवा प्रवाह बन्द गरेका छन। स्थानीय तह कर्मचारी केन्द्रिय समितिद्वारा जारी दयावमुलक कार्यक्रममा ऐक्यबद्धता जनाउदै असोज २१ गते आइतबारदेखि स्वामीकार्तिक खापर गाउँपालिका तथा सबै मातहतका सबै वडा कार्यालय बाट अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरि अनिश्चितकालीन पेन डोन गर्ने निर्णय गरेको […]
सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी […]