बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् । नगरपालिका महिला तथा बालवालिका शाखाको समन्वय र २ नम्बर वडा कार्यालयको आयोजनामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो […]
धनगढी- सुदुर पश्चिमका ९ वटै जिल्लाका अनलाइन मिडियामा आवद्ध पत्रकारहरुलाइ धनगढीमा अनलाइन पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा अनलाइन पत्रकारिता गरिरहेका पत्रकारको उपस्थितिमा धनगढीको आस्था होटेलको सभाहलमा प्रशिक्षण कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजना र नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिको सहकार्यमा उक्त […]
बाजुरा- पोलियो रोग विरुद्धको आई.पि.भी खोप अभियान २०८१ सम्बन्धि सञ्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरिएको छ।शनिबार सदरमुकाम मार्तडी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराकाे सभाहलमा उक्त अन्तरक्रीया कार्यक्रम गरिएको हाे। जिल्ला स्थित विभिन्न सञ्चारमाध्ययमा कार्यरत सञ्चारकर्मीहरु संग अन्तरक्रिया गर्दै खाेप अभियानका बारेमा जानकारी गराईएकाे थियाे ।उक्त खाेप अभियान जेठ १३ आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ। […]
सेतीकर्णाली खबर,बाजुरा- जन्मदिनको अवसरमा बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बिद्यार्थीहरुलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ। हिमाली गाउँपालिका ६ नम्बर वडामा रहेको बडिमालिका माध्यमिक बिधालयका ३ सय भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामाग्री बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले सहयोग गरेका छन। जन्मदिन अवसर पारी बिधालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले अरु बाहिर […]
बाजुरा- बाजुराको सदरमुकाम मार्तडी देखि काठमाडौंसम्म सोफा सहितको एसी बस नियमित सञ्चालन हुने गरि बस सेवा सुरू भएको छ । बाजुराको सदरमुकाम मार्तडी देखि काठमाडौंसम्म सोफा सहित एसी सञ्चालन हुने बसको नेकापा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री कर्ण बहादुर थापाद्वारा उद्घाटन गरेका छन्। यात्रुहरुको माग र सुरक्षित यात्राको ग्यारेन्टी गर्न अत्याधुनिक सुविधा जडान […]
बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे बुढीनन्दा नगरपालिका- २ कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। कोल्टी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बुढीनन्दा नगरपालिकाको आयोजनामा एकएक पाइला नेपाल र गेटा आँखा अस्पताल धनगढीको सहयोगमा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन आज बिहान बाट सुरु!गरिएको छ। शिविर सञ्चालनमा आँखा, नाक, कान, घाँटी र दन्त रोग […]
शारदा शाही/बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा कृषि हाटबजार उद्घाटन र उत्कृष्ट कृषकलाई प्रोत्साहन गरिने भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा समन्वय र लिवर्ड अन्तरगत RERAS परियोजनाको आर्थिक सहयोगमा गाउँपालिका द्रारा संचालित वडा नम्बर ४ ढुङ्गेबजारमा कृषि हाटबजार तथा संकलन केन्द्र उद्घाटन हुने भएकाे छ। कृषकहरुले आफू सँग भएका कृषि उत्पादन बीउ , बेर्ना […]
उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। जे.आइ.जेट. संस्थाको आर्थिक सहयोगमा हिमाली गाउँपालिका समन्वयमा ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। हिमाली गाउँपालिका ४ नम्बर वडाका फैती र लेप्डी कृषक समुह र ६ नम्बर वडाका बोल्डिक र धिम कृषक समुहलाई हिमाली गाउँपालिका अध्यक्ष […]
बाजुरा- मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान बाजुराबाट रारा शैक्षिक भ्रमणका लागि छुटेको जीप जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा […]
जित जङ्ग कटेल/नेपालगन्ज- मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो सिजनको अडिसनको सम्पुर्ण तयारी पुरा भएको छ। आयोजक पिके ईभेन्टसका अध्यक्ष प्रकाश कुंवरले दिएको जानकारी अनुसार अडिसनको लागि ६३ जनाले फारम भरिसकेको र कोहि इक्छुक भए अडिसनको दिन जेठ १२ गते शनिबार नेपालगन्जको म्याजेष्टिक पार्टी प्यालेसमा बिहान ११ बजे अगाडी सम्पर्क गर्न सकिने जानकारी दिएका छन […]