जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ। प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाट तीव्र पारेका छन्। यसैक्रममा उनले सोमबार भट्टराईलाई भेटेका हुन्। राउत र आफूबीच भेटघाट भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन्। भेटमा समसामयिक राजनीतिबारे छलफल भएको उनले जनाएका छन्। ‘जनमत पार्टीका अध्यक्ष डा.सि के […]
–दयालबहादुर शाही सिक्किमले सार्वभौमिकता र स्वतन्त्र अस्तित्वबाट एकैसाथ हात धोयो । किनकी त्यहाँका जनताले जाबो एकथान लेण्डिुप दोर्जेलाई समयमै चिन्न र दण्डित गर्न सकेनन् । आधा दर्जन लेण्डुप दोर्जेहरुको कहर खेपेर पनि नेपाल जोगियो र जोगिन सक्छ । किनकी नेपाली जनताको चेतनाको स्तर निकै उच्च छ । आजको विश्व व्यवस्थाका खेलाडीहरु नेपालको हिम्मत देखेर हैरान […]
बाजुरा १३ चैत्र जिल्लाको हिमाली गाउँपालिका वडा नं १ नेटामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ ।आइतबार एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले उक्त चौकीको स्थापना गरेका हुन् ।उक्त स्थानमा अस्थाई प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओक्षाले जानकारी दिए । साविकको विच्छयाँ गा.वि.मा रहेको प्रहरी चौकी […]
काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थित मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ । एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एमसीसीको विषयमा संशोधन गर्नसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सधैँ […]