बैतडी– बैतडीमा एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएकाे थियाे उनकाे रक्तश्राबका कारण जिल्ला अस्बापताल बैतडीमा सम्भब नभएपछी उलाई हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। राष्ट्रपति […]
बाजुरा,१२ जेठ : बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण गरिने भएका छन् । बडीमालिका नगरपालिका २ को भौनेरा, ९ र ७ विचमा पर्ने अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएको हो । यी ३ वटै खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएपछी बेलिब्रिज निर्माण गरिने भएको […]
जेष्ठ काठमाण्डाै। नेकपा माओवादी केन्द्रले ज्येष्ठ कम्युनिस्ट मञ्चदेखि विदेशबाट फर्किएका युवासम्मलाई सक्रिय बनाउने भएको छ । माओवादीको केन्द्रीय सल्लाहकार समितिको बैठकले ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समिति र विदेशबाट फर्किएका युवालाई सङ्गठित गरेर सक्रिय बनाउने निर्णय गरेको हो । यस विषयमा थप योजना बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जेठ १६ गते ज्येष्ठ कम्युनिस्ट र केन्द्रीय […]
जेठ, काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफू पक्राउ परेपछि प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्न दबाब दिनुपर्ने भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई लिखित सूचना पठाएको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले […]
जेष्ठ ४ बाजुरा -बाजुरा जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेको बुढीनन्दा नगरपालिका वडा न ७ काे शेरकाटीयामा नेपाल बिद्युत प्राधिकरणकाे लाईन विस्तारका लागि बिद्युतकाे लाइन तान्ने क्रममा बिद्युतकाे पोल ढलेर घाइते भएका एक मजदुर युवकको उपचारका क्रममा धनगढी लैजादै गर्दा बिच बाटाेमा मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिन्नदा नगरपालिका–३ नुरीका ३५वर्षीय अग्नी बोहरा रहेकोछन् उनले […]
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयु बाजुराका युवा विद्यार्थीले जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीलाई १ हप्ता भित्र जिल्ला छाड्न कार्यकक्षमै पुगेर चेतावनी दिएका छन् । एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाजुराका युवा विद्यार्थीहरुले आज जिल्ला अस्पताल बाजुरामा पुगेर निमित्त कार्यालय प्रमुख जोशीलाई १ हप्ताभित्र जिल्ला छाड्न […]
काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका […]
बाजुरा– बडिमालिका नगरपालिकाले ६ बर्ष देखी सडकको छेउमै खुला ठाउँमा डम्पीङ साइड बनाएर सञ्चालनमा ल्याइरहेको छ । सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहि छेउमै फालेर वाताबरण दुर्गन्धित बनाइरहेको छ । साँफे मार्तडी सड्क खण्डको थुवाँखाद छेउमै नगरपालिकाले खुला ठाँउमा ६ बर्ष देखि फोहोर फालिरहेको छ । फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला […]
बाजुरा — मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माण कम्पनी ठेकेदार सम्र्पक बिहिन छन । बाँनिया इश्वशेर जेवि कम्पनीले जिम्मा लिएको सो सडकमा हाल सम्म कुनै पनि काम भएको पाईदैन । सो सडकको काम असारमा सम्मपन्न गर्नु पर्ने भए पनि […]
सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराई जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो। यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन […]