१९ भदौ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाजुराले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । अनेमसंघ बाजुराले ने क पा एमाले पार्टीमा आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर अनेमसंघ बाजुराले बुधबार सदरमुकाम मार्तडीको जिल्ला खेलकुद विकास […]
म्याग्दी– धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए । ‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै […]
श्रावण १० । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको छ। अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार एक जनाको शव परीक्षण गर्न […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ । आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो […]
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल चलाउने भन्दै निर्माण गरिएको चर्चले स्थानीय स–मिल सञ्चालकको पैसा नतिरेको पाइएको छ। भवन निर्माण गर्न मनेहरामै रहेको कल्पना खड्काको अम्बिकेश्वर स–मिलबाट काठ ल्याइएकोमा त्यसको मूल्य नतिरेको स–मिल सञ्चालक खड्काले बताएकी छन्। आइतवार जिल्ला प्रशासन कार्यालयको टोली चर्चमा कागजात हेर्न गएको बेला चर्च परिसरमै भेटिएकी मिल सञ्चालक खड्काले पटकपटक ताकेता गर्दा […]
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक पुनः भासिएको छ । तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेर नियन्त्रणको प्रयास गरिए पनि निरन्तरको वर्षाले पुनः भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गरिए पनि ठूला सवारी साधनका लागि जोखिम कायमै छ । […]
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् । मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष मुन बहादुर रोकाया सहित ११ जना नयाँ गठन गरेका छन। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजना र एल.ड्ब्लु.एफ. नेपालीको आर्थिक सहयोगमा एल.टु.जी. परियोजना अन्तर्गत स्थानीय देखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत नेपालमा सीमान्तकृत समुदाय र सामाजिक रूपमा पहिस्कृत जनसंख्याको सशक्तीकरण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा […]
बाजुरा- प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज ४२ औँ कोइरालाको स्मृति दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ बाजुराको आयोजनामा फलफुलका बिरुवा रोपण संगै सरसफाई कार्यक्रमको गरीएको छ । नेविसंघ बाजुराको आयोजनामा पर्यटकिय स्थल सदरमुकाम मार्तडीबाट ६ किलोमिटर दक्षिणपट्टि रहेको जिल्लाको बडिमालिका ६,८ र ९ को सिमानामा अवस्थित मनमोह […]
बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा वर्षाले दुई घर भत्किएको छ। अविरल वर्षाका कारण साउन ३ गते बिहीबार राती हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थित दलसिंह दमाई र रुद्र दमाईको तिन तले २ कोठे घर भत्किएको रुद्र दमाईले बताए छ। भारी वर्षाले राति एकासी पानीले दुबै घरको छत भत्किएको हुँदा दुबै घरपरिवार बिचल्ली […]