October 24, 2026 | शनिबार, कार्तिक ८, २०८३

पाँच वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्‍यो सेती कर्णाली खबर

  • सेती कर्णाली खबर
  • शनिबार, कार्तिक ८, २०८३ 0६:१९
पाँच वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्‍यो सेती कर्णाली खबर

दुर्गम क्षेत्रका पीडा, विकासका सम्भावना र बेथितिविरुद्ध निरन्तर खबरदारी गर्दै आएको सेती कर्णाली खबर छैटौँ वर्षमा प्रवेश गरेको छ।
कार्तिक ७  बाजुरा । उषाकिरण मल्टिमिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित अनलाइन सञ्चारमाध्यम सेती कर्णाली खबर डटकमले पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ। २०७८ साल कार्तिक ७ गते आधिकारिक रूपमा कम्पनी दर्ता गरी सुरु गरिएको सेती कर्णाली खबरले पत्रकारितामार्फत सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका दुर्गम क्षेत्रका आवाजलाई प्राथमिकता दिँदै आएको छ।
कलम, कापी र क्यामेरा बोकेर सुरु गरिएको पत्रकारिताको यात्रामा सेती कर्णाली खबरले दुर्गम क्षेत्रका नागरिकका पीडा, विकासका सम्भावना, पर्यटन प्रवर्द्धनका प्रयास, स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रका समस्या र सम्भावनालाई उजागर गर्दै आएको छ। साथै, समाजमा विद्यमान बेथिति, विकृति र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सार्वजनिक सरोकारका विषयलाई निरन्तर उठाउँदै आएको छ।
स्थापनाकालदेखि नै सत्य, तथ्य र निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिँदै आएको यस सञ्चारमाध्यमले स्थानीय नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने, विकास निर्माणका गतिविधिको निगरानी गर्ने तथा दुर्गम क्षेत्रका सम्भावनालाई राष्ट्रिय बहसमा ल्याउने प्रयास गर्दै आएको छ।
पाँच वर्षको यात्रामा साथ, सहयोग, सल्लाह र सुझाव प्रदान गर्ने पाठक, विज्ञापनदाता तथा शुभेच्छुकप्रति सञ्चालक उमेश जङ्ग शाहीले आभार व्यक्त गरेका छन्। पत्रकारिताको यात्रामा मार्गदर्शन, प्रेरणा र सहयोग प्रदान गर्ने आदरणीय अग्रज व्यक्तित्वहरू अनिल शाही, निमेन्द्र शाही, अर्जुन शाह, कृष्ण ओली, रामबहादुर दानी, लक्ष्मीराज पाध्याय, गगन अयडी, प्रकाश सिंह, प्रेम रौले, महेन्द्र सिंह, खेम बम र अग्निराज शाहीप्रति उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।
त्यसैगरी, सेती कर्णाली खबरलाई थप उचाइमा पुर्‍याउन विभिन्न समयमा कार्यरत भइ योगदान पुर्‍याउने पत्रकार उमेश रोकाया, देवराज पाध्याय, जितजङ्ग कटेल र शारदा शाहीप्रति पनि उनले आभार व्यक्त गरेका छन्।
आगामी दिनमा सञ्चारमाध्यमलाई अझ प्रभावकारी, विश्वसनीय र जनउत्तरदायी बनाउँदै दुर्गम क्षेत्रका नागरिकका आवाजलाई थप सशक्त रूपमा उठाउने प्रतिबद्धता सञ्चालक शाहीले व्यक्त गरेका छन्। यस यात्रालाई थप उपलब्धिमूलक बनाउन पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा अग्रज व्यक्तित्वहरूको निरन्तर सल्लाह, सुझाव र सहयोगको अपेक्षा पनि उनले गरेका छन्।
पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा सेती कर्णाली खबर डटकम तथा उषाकिरण मल्टिमिडिया हाउस प्रा.लि.को उत्तरोत्तर प्रगतिको कामना गर्दै विभिन्न क्षेत्रबाट शुभकामना व्यक्त गरिएको छ।
यसै अवसरमा नेपाल पत्रकार महासंघ बाजुरा शाखाले पनि सेती कर्णाली खबरको निरन्तर प्रगति, सफल र सशक्त पत्रकारिता यात्राका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, कार्तिक ८, २०८३ 0६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट