July 21, 2026 | मङ्लबार, साउन ५, २०८३

पहिरोले गाउँ नै विस्थापित, २१ परिवार बढी प्रभावित

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ५, २०८३ 0८:४४
पहिरोले गाउँ नै विस्थापित, २१ परिवार बढी प्रभावित

बाजुरा- अविरल वर्षाका कारण गाउँको माथिबाट पहिरो जाँदा बडीमालिका नगरपालिका–६ कोर्धको साउँदावाडा वस्ती नै उच्च जोखिममा परेको छ ।
मध्येराति १२ बजे आएको पहिरोका कारण पुरै गाउँ नै विस्थापित भएको छ । पहिरोका कारण स्थानीय चार जनाको घर पूर्ण रुपमा क्षति भएको र अन्यको चर्किएर जोखिममा रहेको बडीमालिका नगरपालिका वडा नम्बर ६ का कार्य बहाक वडा अध्यक्ष परे बडुवालले जानकारी दिनु भएको छ ।
उहाँले दिएको जानकारी अनुसार गाउँको माथिबाट अविरल वर्षाका कारण पहिरो आएर पुरै गाउँमा पसेपछि चार जनाको घर पूर्ण रुपमा क्षति भएको र अन्य परिवारको घरहरु चर्किएर जोखिममा परेको बताउनु भयो ।
पहिरोले सोही नगरपालिकाका–६ कोर्ध साउँदवाडाका २१ घर परिवार बढी प्रभावित बनेका छन् । उनीहरुका घर भासिएर चर्किएको र घरभित्र बस्न नमिल्ने भएपछि २१ परिवार सबै भन्दा बढी प्रभावित बनेको हुन् ।
गाउँमा पहिरो पसेपछि अन्य ३२ बढी पहिरोको घरहरु चर्किएर जोखिममा भएकाले पुरै गाउँ नै विस्थापित भएका छन् ।
पहिरो आएर क्षति पुर्याएपछि जिल्ला प्रहरी कार्यालय बाजुरामा खबर गरेपछि प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहराको नेतृत्वको टोलीले घटनास्थलमा गएर स्थलगत निरिक्षण तथा प्रभावितको लगत संकलन गर्नु भएको छ ।
पहिरोबाट प्रभावित भएकालाई सुरक्षित ठाउँमा राख्नका लागि वडा कार्यालयले नगरपालिकासंग समन्वय गरिहेको जनाएको छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन ५, २०८३ 0८:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट