पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]
काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद् विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित […]