
सेतीकर्णाली खबर
उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा-
लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण गर्ने लायन्स क्लबको उद्धेश्य देखिन्छ।
सो कार्यक्रमको उद्घाटन स्वामिकार्तिक खापर गाउपालिका अध्यक्ष भरत रोकायाले गर्नु भएको थियो भने श्री शम्भु सुनन्दा मावि जुकोटका प्रधानाध्यापक पुष्प शाहीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
लायन्स क्वल
को अध्यक्ष रन्जु थापा , लायन्स क्वलको संस्थापक अध्यक्ष सुनिता मरहट्ठा शर्मा , राष्ट्रिय सुचना आयोगका आयुक्त तथा लायन्स क्लव सदस्य कमला वली लगायत ८ जना लायन्स क्वलका पदाधिकारीको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा लायन्स क्लबले १२ वर्ष देखि १९ वर्ष सम्मका किशोरीलाई महिनावारीको बेला प्रयोग गरिने डिग्निटि कीट २०० वितरण गर्नुका साथै न्यानो लुगा,टोपी२१५ ,ट्रर्याकसुट ५१५ वटा बितरण गरेको थियो भने कुपोषण न्युनिकरण गर्नाको लागि शिशु भएका महिलालाई लिटो ४० किलो बितरण गरेको बताइएको छ। गरिब तथा एकल महिला हरुलाई बल्याङकेट ३० वटा लायन्स क्लबले बितरण गरेको हो ।
श्री शम्भु सुनन्दा माबि जुकोटका विधालय व्यवस्थापन समिति अध्यक्ष मेघराज शाहीको विशेष पहल संगै कमला वलिको लायन्स क्लव काठमाडौं संग समन्वयमा स्वामिकार्तिक खापर गाउँपालिकाका बिधालयहरुमा न्यानो लुगा, झोला, बलाङकेट लगाएत अन्यसामाग्रीहरु बितरण भएको लायन्स क्लव काठमाडौ कि संस्थापक अध्यक्ष सुनिता शर्माले बताउनु भएको छ।

बाजुरा सपोर्ट प्रोजेक्ट कार्यक्रम स्वामीकार्तिक गाउँपालिका–३, जुकोट क्षेत्रमा कार्तिक १३ गते सम्पन्न भएको छ।
यस अवसरमा शम्भु सुनन्दा माध्यमिक विद्यालय (जुकोट), सूर्योदय आधारभूत विद्यालय (जुकोट)रभैरवनाथ माध्यमिक विद्यालय (जुकोट)का छात्र/ छात्राहरुलाई न्यानो लुगा बितरण गरेको छ। शम्भु सुनन्दा मा.वि. जुकु र चाखुडे थला आधारभुतका विधार्थीलाइ पनि आगामि दिनमा न्यानो लुगा बितरण गर्ने लायन्स क्लवका पदाधिकारीहरुले जनाएका छन।
भोलि स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर १ को मण्डाली माध्यमिक विद्यालय (खोलिकोट) र मण्डाली आधारभुत विद्यालय (मुक्तिकोट) का विद्यार्थीहरूलाई विद्यालय स्वीटर ५१५ र झोला ५१५ र वितरण गर्ने लायन्स क्लव सदस्य कमला वलीले सेतीकर्णाली खबरलाई जानकारी दिनु भएको छ।
लायन्स इन्टरनेशनल डिस्टिक्ट ३२५ के (MD 325) नेपाल, लायन वर्ष २०२५–२०२६ अन्तर्गत सञ्चालन भएको यस कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीहरूमा शिक्षा प्रती उत्साह जगाउने अपेक्षा गरिएको आयोजक लायन्स क्लवका अध्यक्ष रन्जु थापाले बताउनु भएको छ। सो कार्यक्रमको सञ्चालन शम्भु सुनन्दा माबिका लेखापाल सुकेन्द्र शाहीले गर्नु भएको थियो । तिनवटै बिधालयका शिक्षक/ शिक्षिका, बिधार्थीहरुलगायत स्थानियबासी अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
