सेतीकर्णाली खबर
दोहा कतार, जुलाई १७ — प्रवासी नेपालीको साझा मंच ठकुरी सहयोग सञ्जाल, कतार ले आफ्नो ११औं वार्षिकोत्सव–२०२५ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ।
कार्यक्रम २०७१ सालमा स्थापना भएको संस्थाको ११ वर्षे यात्राको उत्सव स्वरूप जुलाई २५ (शुक्रबार) का दिन फुलबारी रेस्टुरेन्ट, सनेैयामा दिउँसो १२:०० बजे सुरु हुने आयोजकले जनाएको छ।
सन् २०१४ मा उमेश जङ्ग शाहीको अध्यक्षतामा स्थापना भएको यो संस्था, मेचिदेखि महाकालीसम्म फैलिएको ठकुरी समुदायले कतारलाई कर्मभूमि बनाई गठन गरेका हुन्।
संस्थाले प्रारम्भदेखि नै शैक्षिक, सामाजिक र परोपकारी कार्यहरूमा क्रियाशील रही, कतारमा रहेका अन्य नेपाली संघसंस्थासँग हातेमालो गर्दै सामाजिक सेवामा समर्पित भूमिका निर्वाह गर्दै आएको ठकुरी सहयोग सञ्जाल कतारको अध्यक्ष खगेन्द्र शाही ठकुरीले सेती कर्णाली खबरलाई बताउनु भयो ।
वार्षिकोत्सवमा कतारस्थित नेपाली कलाकारहरूले सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू पनि राख्ने कार्यक्रम तय गरिएको छ। नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने प्रस्तुतीहरूले प्रवासी नेपाली समुदायलाई मनोरञ्जन मात्र होइन, आपसी एकता र सांस्कृतिक चेतना अभिवृद्धिमा समेत योगदान पुर्याउने संस्थाकि सल्लाहकार तथा चर्चित लोकदोहोरी गायिका इन्दिरा शाहले दाबी गर्नु भएको छ।
संस्थाले “सभ्य भाषा, सभ्य संस्कृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक समृद्धिको साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान” भन्ने नाराका साथ विगत ११ वर्षदेखि प्रवासी नेपाली समुदायको हितमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको यस ठकुरी संस्थाका प्रमुख संरक्षक रेशम शाहीले जानकारी दिनु भएको छ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार तथा आम नेपाली समुदायको उपस्थितिका लागि निमन्त्रणा गरिसकेको भए पनि कतारमा कर्मथलो बनाइरहेका नेपाली दाजुभाइ दिदि बहिनि सम्म खबर नपुग्न सकेको भए यसै समाचारबाट पनि उपस्थितिको लागि आयोजक समितिले अनुरोध गरेको संस्थाका संरक्षक भरत मल्ल ठकुरीले भन्नु भएको छ।