July 13, 2025 | आइतवार, असार २९, २०८२

बाजुराको कुन्ना प्रहरी चौकिमा “ट्र्याक्टर बहस” कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, असार २९, २०८२ १४:३४
बाजुराको  कुन्ना प्रहरी चौकिमा “ट्र्याक्टर बहस” कार्यक्रम सम्पन्न

 

सेतीकर्णाली खबर

उमेश जङ्ग शाही २९ असार  बाजुरा — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको नव-प्रवर्तनात्मक कार्यक्रम अन्तर्गत “ट्र्याक्टर बहस” नामक विशेष कार्यक्रम बाजुराको जगन्नाथ गाउपालिका वडा नं. १, पिलुचौरमा सम्पन्न भएको छ। कार्यक्रम २०८२साल असार २९ गते सम्पन्न भएको हो।

कार्यक्रमको आयोजना प्रहरी चौकी कुन्ना, बाजुराले गरेको हो। कार्यक्रममा ट्र्याक्टर चालक, मालिक तथा सरोकारवालाहरूसँग सवारी सुरक्षाबारे प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी गराउनु भएको प्रहरी हवल्दार जय बडुले सेतीकर्णाली खबरलाई जानकारी दिनुभएको छ।

कार्यक्रमका क्रममा बाजुरा जिल्लामा हाल ११७ ट्र्याक्टर सञ्चालनमा रहेको तथ्य पनि सार्वजनिक गरिएको छ। तीमध्ये:७ ट्र्याक्टर कृषि प्रयोजनका लागि,
६५ ट्र्याक्टर व्यापारीक प्रयोजनका लागि र
४५ ट्र्याक्टर दुबै प्रयोजनका लागि प्रयोग भइरहेका छन।

कार्यक्रममा ट्राफिक नियम, सवारी दर्ता, बीमा, ओभरलोडिङ, र चालक अनुमतिपत्र जस्ता विषयमा चर्चा गरियो। प्रहरीले यस्ता कार्यक्रममार्फत सडक सुरक्षामा जनचेतना फैलाउने र स्थानीय समुदायसँग सहकार्य अभिवृद्धि गर्ने उद्देश्य राखेको ट्राफिक प्रहरी नविन शाहीले बताउनु भएको छ।

स्थानीयबासी र ट्र्याक्टर व्यवसायीसँगको प्रत्यक्ष संवादले नीति निर्माणदेखि कार्यान्वयनसम्म सहयोग पुग्ने विश्वास गरिएको छ।

 

  • सेती कर्णाली खबर
  • आइतवार, असार २९, २०८२ १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट