June 30, 2025 | सोमवार, असार १६, २०८२

चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १२, २०८२ ११:२४
चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

सेतीकर्णाली खबर 

 दोरेन्द्र खड्का १३ असार बझाङ /

चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ ।
अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीको नेतृत्वमा सम्पन्न उक्त अनुगमनमा कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरू, घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख मान बहादुर धामी, जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र बझाङका प्रतिनिधि लगायतको अन्य कार्यलय का प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेकाे थियाे ।

अनुगमनको क्रममा म्याद सकिएका खाद्य वस्तुहरू, मासु पसलमा सरसफाइको अभाव, व्यवसाय दर्ता नभएका फर्महरू लगायतका विभिन्न समस्या देखिएको थियो। अनुगमन टोलीले यस्ता व्यवसायीहरूलाई व्यवसाय दर्ता प्रक्रिया पूरा गर्न, खाद्य सरसफाइमा विशेष ध्यान दिन र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नगर्न कडाईका साथ निर्देशन दिएको छ।

कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरूले सडेगलेका तरकारी तथा फलफूल बिक्री गर्नु उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको भन्दै यस्ता कार्य तत्काल रोक्न व्यवसायीहरूलाई अनुरोध गरे।

बजारमा उपभोक्ताको हित सुनिश्चित गर्न यस्ता अनुगमन कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर गरिने
कृषि ज्ञान केन्द्र बझाङका प्रमुख खेम पनेरूले जानकारी दिनुभएकाे छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १२, २०८२ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट