बुटवल । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो । अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ र ४ वर्ष रहेको डिएसपी रानाले बताए ।
हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०–३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यद्यपि घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।source ratopati