सेतीकर्णाली खबर ९ जेठ बाजुरा/ हिमाली गाउँपालिकामा लोक देउडा सास्कृतिक कार्यक्रम बिहिवार सम्पन्न भएको छ। नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधिवत रुपमा जेष्ठ ७ उद्घाटन भएर ८ गते लोक सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । दुइ दिनको समय भित्र भुवाचाली, मागल र बोर्ता टोलबाट चम्पानाच, छैट खेल, मुज्यारा खेल र पञ्चेवाजा, पुरानो महिला देउडा खेल, रोपाइ अवाली, हुडकें नाच, बालो मार्ने खेल, श्री पञ्चमी माग्ने र चम्पानाच जस्ता परम्परागत संस्कृति झल्कने प्रस्तुती भव्य रुपमा स्थानियहरुले प्रस्तुत गरेेका स्थानिय नन्दाराज पान्डेले सेतीकर्णाली खबरलाई बताएका छन।
विभिन्न कार्यक्रम प्रस्तुति देउडा खेल लगायत प्रत्येक गाउँबाट सास्कृतिक कार्यक्रमको टिमलाई नगद सहित सम्मान प्रमाणपत्र वितरण गरिएको हो। विशेषगरी देउडा पारखी हिमाली गाउँपालिका बरिस्ठ देउडा खेलाडी मंगल बुढा र रण बहादुर अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने स्थानीय साँस्कृतिक बेजोड प्रस्तुत गर्ने प्रतिस्पर्धामा गर्ने खेलाडीहरुलाई सम्मान पत्र सहित पुरस्कार वितरण गरिएको नेपाल देउडा संस्कृती संरक्षण समितिका सचिव रमेश भण्डारीको भनाइ रहेको छ।
गाउँपालिकामा आधिकारिक विधान र निति नियम अनुसार पहिलोपटक नेपाल देउडा संस्कृती संरक्षण समिति सञ्चालनमा आएको छ । उक्त सञ्चालन गर्न पहिलो उद्घाटन कार्यक्रम संगै विभिन्न देउडा सास्कृतिक संगै प्रत्येक गाउँमा पहिलेदेखि मनाउदै आएका परम्परालाई जगेर्ना गर्नको लागि देउडा सास्कृतिक कार्यक्रम भव्य रूपमा साँकृतिक कार्यक्रमको सम्पन्न भएको घोषणा गर्दै सास्कृतिलाई संरक्षण गर्न हामी सिङ्गो टिम एकजुट भएको नेपाल देउडा संस्कृती संरक्षण समितिका अध्यक्ष दिपचन्द्र पाध्यायले बताएका छन ।