April 12, 2025 | शनिबार, चैत्र २९, २०८१

बाजुरामा चट्याङ लागेर १जना ना बालिकाको मृत्यु,१जना घाइते

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र २७, २०८१ 0७:३२
बाजुरामा चट्याङ लागेर १जना ना बालिकाको मृत्यु,१जना घाइते

बाजुरा—बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन् । बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने ना बालिकाकाे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार चट्याङ लागेर मृतक नाबालिकाकी आमा अन्दाजी २८ की सन्जीता सार्की घाइते भएकी छन् । उनको शरीरको विभिन्न भागमा पोलिएको छ भने अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चट्याङ लागेर ज्यान गुमाएकी नाबालिकाको शव जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र २७, २०८१ 0७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।