January 19, 2025 | आइतवार, माघ ६, २०८१

नेपाल पत्रकार महासंघ शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ४, २०८१ १२:५0
नेपाल पत्रकार महासंघ  शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । निर्वाचित भएको करिब एक महिना पछाडि शुक्रवार एक औपचारिक कार्यक्रमविच कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।

सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रमका बिच पत्रकार महासंघ बाजुराका पूर्व अध्यक्ष छक्क मल्ल नेतृत्वको कार्यसमितिले औपचारिक रुपमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । मल्ल नेतृत्वको पूर्व कार्यसमितिले नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्दै स्वागत समेत गरेको छ ।

मंसिर २८ गते देशभर एकसाथ नेपाल पत्रकार महासंघको निर्वाचन भएको थियो भने जिल्ला शाखा बाजुरामा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको थियो । जिल्ला शाखामा निर्वाचन सम्पन्न भएर पदभार ग्रहण गरेको एक महिनापछि कार्यसमितिलाई पद हस्तान्तरण गरिएको जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै पत्रकार महासंघ बाजुरा शाखाका पूर्व अध्यक्ष छक्क मल्लले सबैको आपसी सहयोग तथा समन्वयले आफ्‌नो कार्यकाल सरल र सफल रुपमा बितेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । मल्लले आफ्‌नो कार्यकालमा पत्रकार महासंघको हकहितका लागि केहि कार्यको सुरुवात र पहिलेका कामलाई निरन्तरता दिइएको भन्दै नयाँ नेतृत्वले सबैलाई समेटेर नयाँ कामको सुरुवात गर्नुपर्ने बताए ।

त्यस्तै पत्रकार महासंघ जिल्ला शाखाका नवनिर्वाचित अध्यक्ष पदम बहादुर सिंहले आफ्‌नो कार्यकालमा पत्रकार तथा पत्रकारीता क्षेत्रको विकास र हकहितका लागि सदैव लागि रहने बताए ।

पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ जिल्ला शाखा पूर्व सचिव तथा बडीमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा रहेकी थिइन् । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारी, पूर्वपदाधिकारी, विभिन्न संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रेम बहादुर रौलेले गरेका थिए ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ४, २०८१ १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट