December 17, 2024 | मङ्लबार, पुस २, २०८१

बाजुराको कोल्टीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस २, २०८१ १६:१५
बाजुराको कोल्टीमा  राष्ट्रपति रनिङ  सिल्ड प्रतियोगिता  सुरु

   सेतीकर्णाली खबर

  उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ
बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज  मंगलबारदेखि नगरपालिका  भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल खेल्ने भएका छन ।नगरप्रमुख जनक कुमार बोहराको अध्यक्षतामा प्रमुख अथिति नेकपा एमाले निकट  माननीय  दयाल बहादुर शाही रहेका थिय ।
पानसमा बत्ति बालेर कार्यक्रमको समुद्धाटन माननीय  शाहीद्वारा भएको हो । बुढिनन्दा नगरपालिका भित्र रहेका बिद्यालयहरु बिभिन्न बिधाका खेलहरुमा  बिचको खेल क्षेत्रमा प्रतिस्पर्धा हुने छ । जन प्रकाश माविको प्राङ्गणमा  ५ औँ राष्ट्रपति रनिङ  सिल्ड   प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अथितिले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको महत्त्व  चुलिँदै गएको  बताएका छन  । ५ वटै विद्यालयका विद्यार्थीहरुले  नाचगान  र मार्चपास प्रस्तुत  गरेका थिय ।  विभिन्न  राजनितीक दलका स्थानीय नेता र पत्रकारहरू र स्थानिय वासीहरुको उपस्थित  रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका  निमित्त  प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले  माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी गराएका थिय ।  तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका खेलाडीले  प्रतियोगितामा भाग लिनेछन। ।प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प  र लङजम्प लगायतका खेल  विद्यार्थीहरुले खेल्ने छन।। प्रतियोगितामा नगरपालिकाभित्रका ५ विद्यालयका करिब ५ सय विद्यार्थीको प्रतिस्पर्धा  रहने छ।
राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरका विद्यार्थीहरुको खेलकुद प्रतिभा पहिचान गर्ने, विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराई शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान दिने गरी प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्ने गरिएको नगरस्रोतले जानाएको छ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने पालिकाको उद्देश्य रहेको नगरप्रमुख जनक कुमार बोहराको  भनाइछ ।प्रतियोगीताले बालबालिकाहरुमा खेलकुद प्रतिको रुचि बढाउनुका साथै शारीरिक शिक्षालाई प्राथमिकता दिने   गरेको नगरप्रमुख बोहोराले उल्लेख गरेका छन।राष्ट्रपति रनिङ शिल्डमा भलिबल, कबड्डी, दौड, रिले दौड, लामो हाम, उच्च हाम, गोला फाल, चक्का फाल र भाला फाल हुने भएका छन् ।  गत वर्ष  जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्डमा प्रथम जनप्रकाश माबि भएको थियो । खेलप्रेमिहरुको  उल्लेख्यमात्रामा उपस्थिति  रहेको थियो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस २, २०८१ १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?