December 18, 2024 | बुधबार, पुस ३, २०८१

पत्रकार महासंघ बाजुरा सिहको निर्विरोध नेतृत्व चयन

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर २८, २०८१ 00:0८
पत्रकार  महासंघ बाजुरा   सिहको निर्विरोध  नेतृत्व  चयन

बाजुरा —नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरामा निर्विरोध नयाँ नेतृत्व  हिजो चयन भएको छ । देशभर पत्रकार महासंघको निर्वाचन भोलिका लागि तोकिएकोमा बाजुरामा सबै संगठनबाट साझा नेतृत्व निर्विरोध निर्वाचित भएका हुन् ।

उम्मेद्धारमा प्रेस चौतारी, प्रेस युनियन, प्रेस समाजवादी र प्रेस सेन्टरबिच सहमति गरेर साझा प्यानल घोषणा गरेर नयाँ नेतृत्व निर्विरोध गरिएको छ । निर्वाचन समितिका अनुसार पत्रकार महासंघ बाजुराको अध्यक्षमा पदम बहादुर सिंह सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा संगिता तिमिल्सेना, रमित विक., सचिवमा प्रेम बहादुर रौले, सहसचिवमा जनक बोहरा, राजेन्द्र विक, कोषाध्यक्षमा उमेश शाही निर्विरोध चयन भएका छन् । त्यसै गरी सदस्यमा सोधा नेपाली, सन्तोष जैशी, धनकृष्ण विक, धर्मी कुमारी बुढा, धनरुप कामी, उमेश रोकाया रहेका छन् । त्यस्तै जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा दयाराम पण्डित र कृष्ण ओली छन् भने प्रदेश परिषद सदस्यमा निमेन्द्र शाही, अनिल शाही, छक्क मल्ल, मोहनराज जैशी र प्रशान्तराज जोशी रहेका छन् ।

चार वटै संगठनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेपनि निर्वाचन समितिले भने शुक्रवार मात्रै घोषणा गर्ने निर्वाचन समिति संयोजक प्रकाश बहादुर सिंहले बताएका छन् । उनका अनुसार जिल्लामा पत्रकार महासंघको नेतृत्व सर्वसम्मत हुनेपछि प्रदेश र केन्द्रका लागि शुक्रवार बिहान १० बजेबाट मतदान प्रक्रिया सुरु हुने छ ।

त्यस्तै निर्वाचनका लागि जिल्ला शाखा बाजुरामा उम्मेद्धारको अन्तिम उम्मेद्धार नामावली प्रकाशन गरिएको छ । मंसिर २८ गते अर्थात भोलि हुने निर्वाचनका लागि निर्वाचन समितिले आज साँझा उम्मेद्धारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

उम्मेद्धारको मनोनयन दर्ता पश्चात उम्मेद्धारको नामावली प्रकाशन गरे पछि उम्मेद्धारको दावि बिरोधका लागि तोकिएको समयसम्म कसैले पनि दावि बिरोध नगरेपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर २८, २०८१ 00:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट