November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१

बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर ५, २०८१ १४:२७
बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए

बाजुरा   जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई दलका उम्मेदवारले  आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी  की उम्मेदवार सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उम्मेदवारले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताएका छन्।

२०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो।

यही मंसिर १६ गते हुने निर्वाचनमा रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर ५, २०८१ १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट