October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा सुपथ मूल्य पसल आजबाट संञ्चालन

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ६, २०८१ १४:१७
बाजुरामा सुपथ मूल्य पसल आजबाट संञ्चालन

नेपाल खाद्यान्न संस्था बाजुरा शाखा काे मार्तडी र कोल्टीमा आजबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य संस्थानका शाखा कार्यालय रहेकाे सदरमुकाम मार्तडी र पूर्वीउत्तरी भेग कोल्टीशाखामा समेत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।

सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि बाजुरामा भने असाेज ६गते बाट मात्र सञ्चालन ल्याएकाे छ ।

बाजुरा जिल्लामा रहेका नेपाल खाद्य संस्थानका कम्पनी काे कार्यालयमा विभिन्न गरि ३ प्रकारका चामल हरु मात्रै बिक्रीवितरण हुने हुँदा सुपथ मूल्य पसलमा पनि चामलमा मात्र लागू हुने छ ।चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्रीवितरण गर्न थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताएका छन् ।

पहिलेकाे भन्दा केहि रुपैयाँ सस्तोको नाममा कसैले धेरै खरिद गर्न नसक्ने पनि बताएका छन् । प्रतिव्यक्ति एक बोरा मात्रै दिने गरेकाे छ । साथै कसैले एकै पटक धेरै खरिद गर्न नपाईने समेत प्रमुख भण्डरिले बताएका छन् ।खरिद गर्दा सम्बन्धित व्यक्तिको नागरिकता काे फाेटाेकपी समेत ल्याएर आउनु पर्ने छ । नागरिकता नम्बर र फोन नम्बर अनिवार्य गरिएको उनले बताए । सुपथ मूल्य पसलमा अन्य खाद्य वस्तु, स्थानीय बाली खरिद गर्न जिल्लाका पालिकाहरुसँग समन्वय भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए ।

हाल मार्तडीमा सोना मोटा, अरुवा मोटा र जिरा मसिनो चामल गरी ४ हजार ५२ क्विन्टल र कोल्टीमा २ हजार ३ सय २३ क्विन्टल मौजाद रहेको छ । सुपथ मुल्य पसल सञ्चालन भएपछि कार्यालयमा अहिले सोना मोटा चामलको प्रतिकिलो ६० रुपैयाँ, अरुवा मोटा ५९ र जिरा मसिनो ८७ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ ।

सरकारले देशभर एकसाथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि ७ गतेभित्र अनिवार्य सञ्चालन गरिसक्नुपर्ने निर्देशन भएकाले केहि तयारी नपुगेकाले केहि ढिलाई भएको कार्यालयले जनाएको छ । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने जनएकाे छ ।

सरकारले केहिबर्ष यता यस्ता पसल संञ्चालनमा ल्याई रहेकाे छ ।चांडपर्वकाे बेला बजार वस्तुहरु अभाव हुन नदिन र जनताले दैनिक उपभाेग्य सामान मा न ठगिन् भन्नकाे लागि सहुिलयत पसल संञ्चालनमा ल्याएकाे हाे ।नागरिकलाई केहि सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल संञ्चालन मा ल्याएकाे हाे ।

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ६, २०८१ १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट