May 29, 2025 | बिहिबार, जेष्ठ १६, २०८२

कक्षा ११ परिक्षा हिमालीमा सञ्चालन

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १३, २०८१ 0२:५३
कक्षा ११ परिक्षा हिमालीमा सञ्चालन

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका कक्षा ११ विद्यार्थीहरुको परिक्षा सञ्चालन गरिएको छ।

हिमाली गाउँपालिका भित्र ३ वटा माध्यमिक बिधालयमा आइतबार बिहान ८ बजेबाट कक्षा ११ को परिक्षा आज बाट सञ्चालन गरिएको छ। भवानी माध्यमिक बिधालय कक्षा ११ मा २६ जना शैलेश्वरी माध्यमिक बिधालयमा ३४ जना बडिमालिका माध्यमिक बिधालय २७ जना विद्यार्थीहरु परिक्षामा सहभागिता रहेका छन।

सबै परिक्षा केन्द्रका बिधालयहरुमा परिक्षा शान्त र मर्यादा रूपमा परिक्षा सुरु भैरहेको छ। परिक्षा सञ्चालन जेष्ठ १३ गतेदेखि बिहान् ८ बजेदेखि १८ गतेसम्म परिक्षा हुने भएको छ। पालिका भरीका ३ वटा परिक्षा केन्द्रमा जम्मा ८७ जना विद्यार्थी परिक्षामा सहभागी रहेकोे भवानी माध्यमिक बिधालय प्रधानाध्यापक धर्मराज पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १३, २०८१ 0२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट