July 19, 2026 | आइतवार, साउन ३, २०८३

प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार दुईजना पक्राउ

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० १५:२९

बुधबार राति सवा ९ बजेतिर खप्तड छेडेदह गाउँपालिकाका ग्रामिण क्षेत्रकाे अनुगमन गरि सदरमुकाम मार्तडीमा फर्किने क्रममा बुढीगंगा नगरपालिका २ काे बल्दे बजार नजिकै माप्रजिअ पाैडेल चढेको गाडीमा २ जना युवाले ढुंगा प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

प्रजिअ पाैडेल सवार बि ए ए ५२४७ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गर्ने बुढीगंगा नगरपालिका वडा नं १  कुणीका अनिल सुनार र सागर नेपालीलाई हिजाे राति नै पक्राउ गरि थप अनुसन्धान भईरहेकाे र एक जना फरारकाे खाेजी भईरहेकाे प्रहरीले जनाएको छ।

खप्तड छेडेदह गाउँपालिकाको ग्रामीण क्षेत्रमा अनुगमन गरी सदरमुकाम मार्तडी फर्किने बेला रातिकाे समयमा ढंगा प्रहार भएकाे र आफुहरू बच्न सफल भएकाे प्रजिअ पाैडेलले बताएका छन् ।

 मुलुकी अपराध संहिता २०७४को दफा २८५को उपदफा (२)को (१) (क) अनुसार आपराधिक उपद्रव गरेको मानिने छ भने सोही दफाको (ग) अनुसार चार वर्ष कैद र चालिस हजार रुपैंया जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

गाडीमा ढंगा प्रहार गर्ने ३ जनालाई  अभद्र ब्यबहारको कसुरमा मद्धा चलाइने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आज नै उनिहरूलाई सात दिनको म्याद थप गराइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र १, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  