September 5, 2025 | शुक्रबार, भदौ २०, २०८२

हिमाली गाउँपालिकामा शीत गृह भण्डार निर्माण, कृषक उत्साहित

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १७, २०८० 0७:५५
हिमाली गाउँपालिकामा शीत गृह भण्डार निर्माण, कृषक उत्साहित

उमेश रोकाया,१७ फागुन/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार गृहको निर्माण कार्य सम्पन्न हुन लागेको हुँदा कृषक उत्साहित भएका छन।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र बिन्दु रहेको धुलाचौरमा शीत भण्डार गृह निर्माणकार्य सम्पन्न गर्न लागिएको छ। स्थानीय सरकारको लागतमा शीत भण्डार निर्माण हुने भएपछि त्यहाँका किसान खुसी भएका छन्। पालिकाको १ करोड लागत र प्रदेश र संघ अन्तरगतको बजेट गरी ३ करोडामा शीत भण्डार गृह निर्माण गरिएको छ। हिमाली गाउँपालिकाको प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्पादन गरेका वस्तु टाढाका बजारसम्म पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य हुने हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए।

बीउका लागि उत्पादन भएका वस्तु घरमा राखेर सम्भव नहुने र गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार निर्माण भएपछि किसानलाई फाइदा पुग्ने बताए। यो सँगै उत्पादन भएका तरकारी भण्डारण गरी बजारीकरण गर्न सकिने र सिजनमा उत्पादित तरकारी तथा फलफुलले राम्रो बजार पाउने बताए। सिजनमा क्विन्टलको हिसाबले उत्पादन हुने आलु र प्याज बजारको मूल्य निकै कम हुँदा लागत उठाउन समस्या त्यो समस्या हटेको बताए । भण्डारण गरेर पछि बिक्री गर्दा प्रशस्त आम्दानी लिन सकिने किसानको भनाई छ। हिमाली गाउँपालिकाका किसानले शीत गृह भण्डार लाभ प्राप्त गर्न सक्ने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए ।

निर्माणमा अधिकांश लगानी संघ र गाउँपालिकाको रहेकाले त्यसको बढी फाइदा किसानले लिन सक्ने भएका छ्न। निर्माणकार्य आयोजना अहिले गाउँपालिकाको पूर्ण सहयोगमा शीत भण्डार निर्माणले सार्थकता पाउन लागेको बताए। उनले शीत भण्डारको ठेक्कादार काम सम्पन्न गर्न लागेको प्राबिधिक टोलि र प्रतिनिधिले यसको अनुगमन समेत गरिसकेको बताए। अनुगमनको प्रतिवेदन अध्ययन गरेर बाकी काम अगाडि तिव्र रूपमा बढाउने कार्य भएको उनले बताएका छन्।

आगामी केही महिना भित्र शीत भण्डार निर्माण कार्य सम्पन्न भैसकेपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने भएको छ। राज्यले कृषि क्षेत्रका लागि अर्बौँको लगानी गरेको छ । उत्पादनका लागि ठूलो खर्च हुँदा बजारीकरणमा शीत भण्डारले सहजीकरण हुने उनले बिश्वास लिएका छन् । किसानले शीत भण्डारबाट मौसममा उत्पादन गरेका वस्तुलाई बेमौसमको समयमा राम्रो र उचित मुल्यमा बिक्री गर्न सक्ने सम्भावना रहेकोे छ । कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा गाउँपालिकाको सहयोग रहने गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको भनाई छ।

हिमाली गाउँपालिकाले पनी प्राथमिकता कृषि र पर्यटन क्षेत्रमा रहेको भन्दै कृषिबाट पालिकालाई समृद्ध गाउँपालिका बनाउन सकिने बताए । यस्का लागी समन्वय र सहकार्य गर्न तयार रहेको र किसानलाई उत्साहित बनाउने तर्फ गाउँपालिका अघि बढेको उनको भनाई छ। साथै किसानलाई चाहिने उन्नत जातका स्थानीय रैथाने बाली लगायत फलफूल उत्पादन गरेर वितरण गरिने उनको भनाई छ। गाउँपालिका क्षेत्रमा उत्पादन राम्रो भए पनि बजारीकरणको समस्या रहेकाले शीत भण्डार निर्माण भएपछि त्यो समस्याको समाधान हुने पालिका अध्यक्ष मल्लले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १७, २०८० 0७:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  