November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१

बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन ५, २०८० 0२:१५
बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्ला साबिक बाधुँ गाउँ विकास समिति वडा नं १ र हाल हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाँउ पर्दछ । यो गाँउ पूर्वमा धिम, पश्चिममा कोल्टी तथा उत्तरमा रुगीन तथा बच्छ्या र दक्षिणमा पिपलडाली पर्दछ । यो बस्ती चारैतिर हरियाली बनजंङ्गलले घेरिएको छ। दक्षिण पश्चिमतिर दह छाल खेतीयोग्य जमीनको समथर भू-भाग रहेको छ।

यस गाँउ तथा वडाका बयबृद्ध बाट सुनन आएको किम्मदन्ती अनुसार पहिले भारतको कुमाउ
बाट झलारा हुदै बाहुनका बाजे पाँडी आई बास बसे। त्यो बेला २,३ दिनको नैकोट भन्ने ठाँउमा कोटी राजाको राज्य थियो। त्यो बेला पाँडीमा बाहुन बसि त्यहाको राजाको भान्से बनेर पछि धीम, बोल्ढिकमा बसोबास गरेको भन्ने पाईन्छ। त्यस अनुसार पाँडीमा पाण्डेको एक बास बसि आफ्नो नाम बाटै पाँडी भएको कुरा बुझिन आएको छ। सोही अनुसार बोल्ढिक, बाँधु तथा पाँडीमा बसोबास गर्ने मान्छेहरुको दोहोरो मोह मायाका कारण हाल सम्म पनि तरकारी जस्ता उब्जाउ चिज लिने दिने चलन हाल सम्म पनि रहेको पाईन्छ।

त्यहाँ बसोबास गर्ने जाती खास गरि पुर्व बाट बसोबास गर्ने जाती कुलो तथा नहर बनाउने
काममा सिपालु थिए। त्यो समयमा त्यहाँको जमिन बाझैँ रहेको तर खोलामा पानी बग्दै गरेकोले बाँधुको मान्छेले पुर्ब बाट सिपालु मान्छे बोलाई ल्याएर सो कुलो काट्ने गरि खेती गर्ने जमिन बनाउन सफल बनाए। त्यस पछि उक्त मिस्त्री लाई बसोबासका लागी पाँडी बसोबासको ब्यबस्था र अन्य पानी बाँधु ज्युलाको उठाएर दिने ब्यबस्था गरे।

पछि पाँडीको दहछाल ताल अहिले ढलेर खेती योग्य जमिन बनाएको भन्ने कुरा स्पष्ट भएको पाईन्छ। २०२१ सालमा ढलेको यो ताल खेतीका लागी प्रयोग गरेको पाईन्छ। हरियाली सल्ला, धूपी बाँज, गुराँस, अंयार, जस्ता बोटबिरुवा रहेका छन्। यस ठाँउको फेदिमा पाँडी गाँउ रहेको छ। यस वडामा साना बस्ती रहेका छन्। जसमा १ पाँडी, २ उपरपाँडी, ३ रातापानी, ४ देउरुख ५ नाउला ६ काफु ७ खानीखोला आदी ठाउँमा बसोबास रहेका छन् । डाँडाकाँडा छरिएरहेको यस वडामा बस्तीहरुमा क्षेत्री थापा, रावल, भण्डारी, रोकाया, ठकुरी (शाही ) र दलित (ल्वार) आदी जातीको बसोवास रहेको छ । ६ को बस्ती काफुमा जनजातीको बसोबास रहेको छ ।

अधिकांस यहाँका घरहरु पथ्थरले छाएका छन्। यहाँका मानिसको मुख्य पेसा कृषि रहेको छ। पहिले दहछाल (पौडिदह) रहेको र त्यो ढलेर आजभोली खेतीयोग्य जमिन रहेको छ। ताल परेको ठाँउमा पाँगो तथा बलौटे माटो र बढी गर्मी क्षेत्र भएकाले धान बाली लगाउने गरेको भएतान पनि बर्सादको समयमा बढि पानी पर्ने र हिउदमा हिउँ पर्ने भएकोले बाली उत्पादनमा अपेक्षित लाभ लिन सकिरहेको छैन।

यहाँका मानिसहरु वर्षाको समयमा प्रशस्त जंङ्गल भएकोले जडिबुटी संकलन गर्ने र आर्थिक लाभ लिने गरेको पाईन्छ। यहाँको प्रमुख खेती आलु मकै गहुँ जौ फापर चिनु जस्ता खाद्य बालीहरु लगाउने गरेका पाईन्छ। पशुपालन तिर हेर्नेहो भने गाई, भैसी भेडा बाख्रा पालन गर्ने गरिन्छ। जनजाती भने हिउदमा अछाम र बर्षादमा भोट गर्ने तथा भेडा बाख्रा पाल्ने तथा धर्मका हिसाबमा यस बस्तीका जनजातीहरुले बौद्ध धर्म मान्दै आएका छन्।

यहाँका मानिसहरु धार्म झाक्रीमा विश्वास गर्ने भएकोले प्रमुख देवता लाई पुकारा गछन् । (ईसामी, मष्टा, धवलपुरा) जस्ता देवताहरुको विश्वास राख्दछन् । विशेष गरि स्थानिय रुपमा साउन पुर्णिमा मान्दछन् । यहाँ शिक्षाको हिसाबले हेर्ने हो भने पुरै गाँउ भरिमा एक आधारभूत बिद्यालय र एक स्वास्थ सेवा केन्द्र रहेकोे छन। अहिले गाउँको छेउछाउ सम्म सडक छोएको पाइन्छ। गाँउमा स्वास्थ्य सेवा सञ्चालन हुँदा जान ५ मिनेट समय लागेर पैदल यात्रा पार गरि जानु पर्ने हुन्छ। यहाँको प्राकृतिक स्रोत र साधनको उपोभोग तथा उचित व्यवस्थापन गर्न सके यहाँ बिकासमा थुप्रै सम्भावना रहेका पाईन्छन्।

  • सेती कर्णाली खबर
  • शनिबार, फाल्गुन ५, २०८० 0२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?