उमेश जङ्ग शाही,साउन १०बाजुरा – नेकपा एकिकृत समाजवादि पार्टीले विभिन्न माग राख्दै तत्काल संम्वोधन गर्न स्वामिकार्तिक खापर गाउँपालिकालाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । गाउँपालिकाले निति तथा कार्यक्रममा ल्याएका कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय राष्टिय गौरवका योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । गाउँ कमिटीका अध्यक्ष पवन रोकायाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्याउ प्रशोधन केन्द्र सञ्चालन, ह्याचरी, र्याप्टीगं, लिप्ट ईरीगेशन, भेडापालन, गाउँपालिकाका वासवोड सञ्चालन, सडकको स्तरउन्नती र विद्युतबाट वञ्चित गाउँ तथा वस्तिमा तत्काल विद्युत्त सेवा सुचारु लगायतका योजनालाई तत्काल कार्यन्वयन गर्नु पर्ने उल्लेख गरीएको छ ।